पोखरा, २२ माघ । प्रदेश नम्बर ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि पारित पनि गरेको छ ।
वाम गठबन्धनबीचको भागबण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाउनेछन् । माओबादीबाट हरिबहादुर चुमानलाई सभामुख बनाउने चर्चा बढी छ । यसअघि आशा कोइरालाको नाम अगाडी आएपनि केन्द्रीय कमिटिले चुमानलाई सभामुखमा अघि सार्न लागेको बुझिएको छ ।
‘पहिले अवसर पाईसकेका नेताहरुलाई दोहोर्याउने सम्भावना छैन । नयाँ अनुहार खोज्दा हरिजी सभामुखको बलियो दावेदार हुनुहुन्छ, माओबादी श्रोतले भन्यो–अरु विकल्प निस्किन सक्छ । तर अहिलेसम्म वहाँ नै अन्तिम जस्तो हो ।’
आशा खनाल कोइराला महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट हालै राजिनामा दिएकी हुन् । सभामुखमा माओवादीले पुरुष अगाडि सारे एमालेबाट उपसभामुखमा महिला पठाउनुपर्ने हुन्छ ।
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि