गण्डक न्युज पोखरा, २२ माघ / पोखराको बगरमा यहाँको नगरबसले पैदल हिँडिरहेका युवालाई ठक्कर दिएर किच्यो । सोमबार साँझ ७ बजेतिर स्याङजा आँधीखोला गाउँपालिका घर भएका बोधराज ढकाल सडक छेउमै हिँड्दै थिए ।
ग १ ख ३८३६ नम्बरको माइक्रोबसले २४ वर्षीय ढकाललाई एक्कासी पछाडिबाट ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिएपछि उल्टै बस भाग्यो । फरार नगरबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रण गरेर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । गम्भीर घाईते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो ।
अस्पताल पुर्याएपछि उनको मृत्यु भयो । उनको शरीर हेर्दा शरीरमै टायरको डाम रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ढकाल पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्दै आएका थिए । घटनापछि लापरबाही ढंगले गाडी चलाएर ठक्कर दिने चालकलाई हदैसम्मको कारबाहीको माग गरिएको छ ।

उनी आबद्ध संघसंस्था तथा पदाधिकारीले पनि आपत्ति जनाएका छन् । उनी नेपाल बिद्यार्थी संघ स्याड़ंजा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापति पनि हुन् ।

सम्बन्धित खबर
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?