गण्डक न्युज पोखरा, २२ माघ / पोखराको बगरमा यहाँको नगरबसले पैदल हिँडिरहेका युवालाई ठक्कर दिएर किच्यो । सोमबार साँझ ७ बजेतिर स्याङजा आँधीखोला गाउँपालिका घर भएका बोधराज ढकाल सडक छेउमै हिँड्दै थिए ।
ग १ ख ३८३६ नम्बरको माइक्रोबसले २४ वर्षीय ढकाललाई एक्कासी पछाडिबाट ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिएपछि उल्टै बस भाग्यो । फरार नगरबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रण गरेर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । गम्भीर घाईते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो ।
अस्पताल पुर्याएपछि उनको मृत्यु भयो । उनको शरीर हेर्दा शरीरमै टायरको डाम रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
ढकाल पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्दै आएका थिए । घटनापछि लापरबाही ढंगले गाडी चलाएर ठक्कर दिने चालकलाई हदैसम्मको कारबाहीको माग गरिएको छ ।
उनी आबद्ध संघसंस्था तथा पदाधिकारीले पनि आपत्ति जनाएका छन् । उनी नेपाल बिद्यार्थी संघ स्याड़ंजा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापति पनि हुन् ।
सम्बन्धित खबर
तनहुँमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
स्थानीय तह कर्मचारी संठनले बुझायो २७ बुँदे माग राख्दै ज्ञापनपत्र
अनुशासित र इमान्दारितापूर्वक काम गर्न नगर प्रहरीलाई उपमेयर गुरूङको निर्देशन
ईन्टर कलेज ब्याण्ड कम्पिटिशनका दर्शकलाई एनटिसीको सीम निःशुल्क वितरण गरिने
लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष बस्नेत प्रहरी हिरासतमा
बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि