पोखरा, माघ २३ । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति सभापति बोधराज ढकालको दुर्घटनामा परि मृत्यु भएपछि पोखरामा तनाव सुरु भएको छ ।
पिएन क्याम्पस अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै बिहान केहीबेर मुठभेड समेत भएको थियो । अहिले फेरि सुरु भएको छ । विद्यार्थीहरुले ढुंगा बसाईरहेका छन् ।
https://www.facebook.com/1130646126/videos/10214090262347167/
नेविसंघले विहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि अहिले नगर बस चलेको छैन । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको नेविसंघ पिएन क्याम्पसले जनाएको छ । दोषीलाई कडा कारबाहीको माग गर्दै नेविसंघ आवद्ध विद्यार्थीहरुले पोखराका २० भन्दा बढी गाडीमा तोडफोड गरेका छन् भने उति नै संख्यामा गाडीका चावी पनि नियन्त्रणमा लिएका छन् ।
सोमबार साँझ पिएन क्याम्पस गेट अगाडी नगरबसले किचेर ढकालको मृत्यु भएको थियो । विद्यार्थीहरु संयमित रहेपनि प्रहरीले हस्तक्षेप गर्नु गलत भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए । उनले प्रहरीलाई पनि संयमित भएर प्रश्तुत हुन आग्रह गरेका छन् ।

घटनाको छानवीन र तत्कालै क्षतिपुर्तिको ब्यवस्थापन नभएसम्म बन्द फिर्ता नहुने विद्यार्थीहरुले बताएका छन् । अहिले प्रहरी प्रशासन, पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा बैठक हुँदैछ । घटनाबारे छानवीन भैरहेको प्रहरीले जनाएको छ ।
यसरी सुरु भयो झडप
https://www.facebook.com/1130646126/videos/10214089906258265/
११ बजेपछिको मुठभेड
https://www.facebook.com/1130646126/videos/10214090046181763/
सम्बन्धित खबर
तनहुँको प्रदेश अस्पताल दमौलीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित
पोखराका पर्यटन व्यवसायी बन्दिपुरमा
कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर विक
स्याङ्जामा राष्ट्रिय अनुसन्धानको भवन मुख्यसचिव अर्यालद्वारा उद्घाटन
बुद्धको उपदेश आजको विश्व परिवेशमा झन उपयोगीः थापा
लेखनाथ पत्रकार मञ्चमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
पोखरामा वडाध्यक्षले एकै दिन कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव
कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखराका वडाध्यक्ष पराजुली पक्राउ
पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति