पोखरा, माघ २३ । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति सभापति बोधराज ढकालको दुर्घटनामा परि मृत्यु भएपछि पोखरामा तनाव सुरु भएको छ ।
पिएन क्याम्पस अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै बिहान केहीबेर मुठभेड समेत भएको थियो । अहिले फेरि सुरु भएको छ । विद्यार्थीहरुले ढुंगा बसाईरहेका छन् ।
https://www.facebook.com/1130646126/videos/10214090262347167/
नेविसंघले विहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि अहिले नगर बस चलेको छैन । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको नेविसंघ पिएन क्याम्पसले जनाएको छ । दोषीलाई कडा कारबाहीको माग गर्दै नेविसंघ आवद्ध विद्यार्थीहरुले पोखराका २० भन्दा बढी गाडीमा तोडफोड गरेका छन् भने उति नै संख्यामा गाडीका चावी पनि नियन्त्रणमा लिएका छन् ।
सोमबार साँझ पिएन क्याम्पस गेट अगाडी नगरबसले किचेर ढकालको मृत्यु भएको थियो । विद्यार्थीहरु संयमित रहेपनि प्रहरीले हस्तक्षेप गर्नु गलत भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए । उनले प्रहरीलाई पनि संयमित भएर प्रश्तुत हुन आग्रह गरेका छन् ।

घटनाको छानवीन र तत्कालै क्षतिपुर्तिको ब्यवस्थापन नभएसम्म बन्द फिर्ता नहुने विद्यार्थीहरुले बताएका छन् । अहिले प्रहरी प्रशासन, पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा बैठक हुँदैछ । घटनाबारे छानवीन भैरहेको प्रहरीले जनाएको छ ।
यसरी सुरु भयो झडप
https://www.facebook.com/1130646126/videos/10214089906258265/
११ बजेपछिको मुठभेड
https://www.facebook.com/1130646126/videos/10214090046181763/
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै