पोखरा, २४ माघ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नं ४ को पोखरामा मतदान सम्पन्न भएको छ । बिहान १० बजे मतदान सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहमा प्रमुख-उपप्रमुख वा अध्यक्ष-उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी २३० जना रहेकोमा २२९ मत खसेको छ । दीपक मनाङे फरार रहेकाले उनी उपस्थित भएनन् । प्रदेश सांसद मनाङेले सपथ समेत खाएका छैनन् ।
लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा सुरु भएको निर्वाचनमा स्थानीय तहका प्रमुख-उपप्रमुख वा अध्यक्ष-उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाए लगत्तै मतगणना शुरु गर्नेगरी तयारी गरिएको उनले जानकारी दिए । यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कूल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक-एक जना) रहेकामा अपाङ्ग तर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भईसकेका छन् ।
प्रदेशसभाका सदस्यभन्दा स्थानीय तहको संख्या बढी भएका कारण उनीहरूको बेग्लाबेग्लै लाइन रहेको थियो । बिहान ९ बजेदेखि नै निकै उत्साहका साथ मतदाता लामबद्ध थिए ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै