पुम्दीकोटमा विश्व शान्ति स्तुपासँगै विशाल महादेव मूर्ति बन्दै, धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्छः सांसद

पुम्दीकोटमा विश्व शान्ति स्तुपासँगै विशाल महादेव मूर्ति बन्दै, धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्छः सांसद

Pokhara shanti stupa

पोखरा, २४ माघ/ प्रदेश नम्बर ४ का प्रदेश तथा प्रतिनिधि सांसदहरुले पोखराको पर्यटकीय स्थल पुम्दीकोटमा निमार्ण हुने बिशाल महादेवको मुर्ति निमार्णले पोखरामा पर्यटकको बसाई लम्बिने बताएका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ स्थित पुम्दीकोटमा मंगलबार पुगेका सांसदहरुले विश्व शान्ति स्तुपाः गौतम बुद्धको र शिवको मुर्ति निमार्णले पुम्दीकोट क्षेत्रको धार्मिक तथा पर्यटन विकासमा निकै महत्व राख्ने विश्वास व्यक्त गर्दै पोखराको कम्तिमा एक दिनको बसाई लम्बिने भएको बताएका हुन ।

पुम्दीकोट बिशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिले प्रदेश ४ का सांसदहरुलाई फुल मालाले बधाई ज्ञापन गरेको थियो । प्रदेश ४ को मात्र नभई पुम्दीकोट नेपालकै एक धार्मिक एवं पर्यटकीय गन्तव्य हुने हुदा यहाँको भौतिक संरचनामा आफ्नो क्षेत्रबाट समेत आवश्यक सहयोग गर्ने सांसदहरुले प्रतिवक्ता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा  सांसद रविन्द्र अधिकारीले ठुलो र धेरै महत्व राखेको बुद्ध र शिवको मुर्ति एकै डाँडामा नेपालकै पहिलो पटक निमार्ण हुने भएकोले धार्मिक पर्यटन प्रवद्र्धनमा कोषेढुंगा सावित हुने दाबी गरे । उनले भने – ‘विश्व शान्ति स्तुपाकै लागि पोखरा आउने पर्यटक डाँडा उक्लिने गर्दछ । अब अर्को आकर्षणले पर्यटकको संख्या वृद्धि गर्दछ । मुर्ति निमार्णले पुम्दीकोट क्षेत्रको धार्मिक तथा पर्यटन विकासमा निकै महत्व राख्दछ ।’

सांसद जगत विश्वकर्माले सवैको साथ र सहयोग मिले पछि कुनै पनि नयाँ संरचनाले छिट्टै मुर्त रुप लिने बताए । सांसद किरण गुरुङले देशको सभ्य हराएको हुदा प्राकृतिक स्वरुप र सभ्यताहरुको खोजि निती गर्नू पर्नेमा जोड दिए । उनले राष्ट्रिय स्वाभिमानको निम्ति सवै एक भई अघि बढ्नु पर्नेमा जोड दिए । उनले भने “ अब हामी विकासको निम्ति पक्ष र विपक्ष बन्ने छैनौं, धार्मिक सहिष्णुतालाई जोगाउनु पर्छ ।”

सांसद पृथ्बी सुव्वा गुरुङले देशमा नयाँ युगको सुरुवात भएसंगै नयाँ ढंगले सोच्नु पर्नेमा जोड दिए । जनताको लागि जनतासंगको सहकार्यमा आर्थिक विकास र समृद्धि हुने गरी आफुहरु नयाँ ढंगले प्रदेशलाई नमुना प्रदेश बनाउने दाबी गरे ।

सांसद राजिव पहारीले फेवाताल मानविय प्रदुषण, प्राकृतिक र भौतिक कारणले ताल पुरीदै आएकोले त्यसको संरक्षणमा प्रदेश र केन्द्र सरकारको ध्यान जानुपर्ने बताए । फेवातालको माथि पर्यटकीय गन्तव्य बिशाल महादेवको मुर्ति निमार्णले पोखराको बसाई लम्वाउने उनले बताए ।

नेपाली कागेंसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशलाई सर्वश्रेष्ठ बनाउन पुम्दीकोटमा निमार्ण हुने बिशाल महादेवको मुर्तिले पनि थप टेवा पुग्ने जनाए । उनले भने “ अब हामीले राजनिति लडाइमा अल्झने होईन, विकास र समृद्धिमा लम्किनु पर्छ, यसमा सवै मिलेरै जानु पर्छ । ” अब डाँडाका दिन आएको बताउदै नेता पौडेलले देशमा संघियता लागु भएसंगै अब गाँउ ठाँउ र डाँडाहरुको महत्व बढ्दै आएको दाबी गरे ।

युवा जमातलाई अब गाँउमै बस्ने वातावरण सृजना गर्नु पर्ने उनको भनाई थियो । उनले भने “ अब हामीले राजनीतिक बिषयमा तर्क वितर्क गर्नु भन्दा पनि आर्थिक विकास र समृद्धिमा देशलाई र आफ्नो प्रदेशलाई कसरी लैजान सकिन्छ त्यस तर्फ चिन्तन मनन गर्नु पर्छ । ” पोखराको फेवाताल सहितका ७ वटा तालमा टलपल, टलपल हुने गरी पानी हुने अबस्थाको ताल संरक्षणमा जुट्न सांसदहरुलाई उनले आग्रह गरे ।

कानुन मन्त्री यज्ञ बहादुर थापाले बिशाल महादेवको मुर्ति र शान्ति स्तुपालाई अब लुम्बिनीसंग जोडेर लैजानु पर्नेमा जोड दिए । उनले फागुन ७ गते भित्र नयाँ सरकार आउने दोहोराएका छन। उनले भने “ मैले भन्दै आएको छु, अब हामी फागुन ७ गते भित्र सरकार छाड्छौं, अनि नयाँ सरकार आउछ, नयाँ सरकारलाई अग्रिम शुभकामना छ । ”

माओबादी केन्द्रका नेता दीननाथ शर्माले ऐतिहासिक, धार्मिक महत्वले आर्थिक विकास र समृद्धिको लागि सहयोग पुग्ने बताए । पोखरा, लुम्बिनी, मुक्तिनाथसम्मको बुद्ध सर्किट बनाउनु पर्नेमा उनले जोड दिए । कांगेस नेता सुक्रराज शर्माले धर्मका माध्यमलाई धेरै जनालाई एकै स्थानमा ल्याउने हुदा यस्ता धार्मिक तथा पर्यटकीय स्थलमा सवैले चासो दिनु पर्ने बताए ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दीर्घनारायण पौडेले पुम्दीकोटमा धार्मिक र पर्यटकीय गन्तव्य बनाउने भएकोले महानगरपालिकाले साझेदारीमा ३ करोड सहयोग गर्न लागेको बताए ।

समितिका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको सांसद सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बराल, लायन्स डिष्ट्रिक गर्भनर धनराज आचार्य, महासचिव प्रकाश बराल लगायतले जानकारी दिएका थिए ।

धार्मिक तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पोखराको पुम्दीकोटमा भगवान महादेवको विशाल मुर्ति सहित पर्यटन पुर्वाधार निमार्ण कार्यले तिव्र गति लिएको समितिका अध्यक्ष बरालले बताए । ऐतिहासिक पुम्दीकोटामा धार्मिक तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले ५ बर्षमा २१ करोडको बृहत योजना रहेको उनले बताए । उनका अनुसार हाल ३ करोड ६० लाख मुल्य बराबरको पक्की भवन निमार्ण भएको छ । बिशाल महादेवको मुर्ति भने युवा उद्यमी कमल जयनले दिने भएको
समितिका अध्यक्ष बरालले जनाए । दुई बर्ष भित्र बिशाल महादेवको मुर्ति सहितको सहिद स्मार्क पार्क निमार्ण गरिने भएको उनले जनाए ।

मुर्तिको वरिपरि १ सय ८ शिव लिङग् निमार्ण गर्ने र मुर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गरिरहने सहितको मुर्ति निमार्ण गर्ने, ध्यान केन्द्र निमार्ण गर्ने, पार्किङ लगायतका योजना रहेको अध्यक्ष बरालले बताए । समितिको अगुवाईमा हालै आयोजना भएको महायज्ञबाट जग्गा सहित १० करोड संकलन भएको समितिका सचिव प्रकास बरालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ