दुर्घटना अघि भनाभन भएको खुलासा, चालकलाई कानुनासार हदैसम्मको कारबाही हुने, नगर बस चल्यो

दुर्घटना अघि भनाभन भएको खुलासा, चालकलाई कानुनासार हदैसम्मको कारबाही हुने, नगर बस चल्यो

accident-2-696×679

घाइते अवस्थामा अस्पतालमा

पोखरा, २४ माघ। पोखरामा विद्यार्थीहरुले शुरु गरेको आन्दोलन सहमतिपछि रोकिएको छ । संयुक्त विद्यार्थी संघर्ष समिति, पोखरा नगर बस व्यवसाय समिति र प्रशासनबीच भएको वार्ता सहमतिमा पुगेपछि आन्दोलन रोकिएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए। सहमतिपछि बिहानदेखि रोकिएको पोखरा नगर बस सेवा पनि सूचारु भएको छ।

वार्तामा दोषी चालकमाथि हदैसम्मको कारवाही गर्ने, परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउँने, पिएन क्याम्पसलाई लक्षित गरी साँझ ७ः३० बजेसम्म नगर सेवा संचालन गर्ने सहमति भएको छ । त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाकोे उपचार बस समिति गर्ने र सवै समयमा बसले विद्यालय सहुलियत दिने लगायतका विषयमा पनि सहमति भएको केन्द्रीय सदस्य ढकालले जानकारी दिए।

सोमबार साँझ ७ बजेतिर स्याङजा आँधीखोला गाउँपालिका घर भएका बोधराज ढकाल सडक छेउमै हिँड्दै थिए । ग १ ख ३८३६ नम्बरको माइक्रोबसले २४ वर्षीय ढकाललाई एक्कासी पछाडिबाट ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिएपछि उल्टै बस भाग्यो । फरार नगरबसलाई प्रहरीले नियन्त्रणमा लियो ।

गम्भीर घाईते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो । अस्पताल पुर्याएपछि उनको मृत्यु भयो । उनको शरीर हेर्दा शरीरमै टायरको डाम रहेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीले बसले ठक्कर दिनुअघि ढकाल र सहचालकबीच भनाभन भएको बताएपछि आफन्त र विद्यार्थी झनै आक्रोशित बनेका हुन् । यो नियतवश नै भएको उनीहरुको ठहर थियो । चालकले भनाभन भएको स्विकार गरेको प्रहरी स्रोतले बताएको छ । कानुनासार हदैसम्मको कारबाही हुने बताईएको छ ।

घाइते अवस्थामा अस्पतालमा

ढकाल पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्दै आएका थिए । उनी नेपाल बिद्यार्थी संघ स्याड़ंजा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापति पनि हुन् । घटनापछि दोषीमाथि कारवाही र क्षतिपूर्तिको मागगर्दै हिजोदेखि विद्यार्थीहरु आन्दोलित भएका थिए। विद्यार्थीहरुले आजपनि बिहानैदेखि पोखराका मुख्य चोक र क्याम्पस केन्द्रीत भएर प्रदर्शन गरेका थिए।

सहमतिपछि मृतक ढकालको आज नै दाहसंस्कार गरिएकोछ। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर श्रद्वाञ्जली व्यक्त गरे । दिउँसो १ बजे पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट शव यात्रा शुरु गरेको नेवि संघले जनाएको छ।

प्रदर्शनका क्रममा मङ्गलबार पोखराको पृथ्वीनारायण क्याम्पस क्षेत्रमा प्रहरी र विद्यार्थीवीच दर्जनौ पटक झडप भएको थियो। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडपको अवस्था सृजना भएको थियो। अवस्थालाई नियन्त्रणमा लिनका लागिभन्दै प्रहरीले केहि सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो। प्रहरी र विद्यार्थीबीच दोहोरो झडपहुदाँ झण्डै विस जना विद्यार्थी घाइते भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ