पोखरा, २४ माघ । राष्ट्रियसभाको चुनावमा प्रदेश नम्बर ४ को सबै नतिजा सार्वजनिक भएको छ । ५ सीट वाम गठबन्धनले जितेको छ भने ३ सीट काँग्रेसले हात पार्यो । गठनबन्धनबाट खुल्लामा २, महिलामा २ र दलितमा १ जना विजयी भएका छने भने नेपाली काग्रेसले खुला र महिलाबाट एक एक जना बिजयी भएका छन् ।
खुल्ला तर्फ वाम गठबन्धनका पर्वतका गणेश तिमिल्सिना, बागलुङका दिननाथ शर्मा, नेपाली काग्रेसका गोरखाका सुरेन्द्र राज पाण्डे विजयी बने । उनीहरुले राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी भन्दा बढि मत ल्याउदै बिजयी भएका हुन् ।
त्यसै गरि महिला तर्फ वाम गठबन्धनबाट बागलुङकी शान्ती जिसी, लमजुङकी दीपा गुरुङ, नेपाली काग्रेसकी कास्कीकी विन्दा राना बिजयी भए । उनीहरुले राष्ट्रिय जनमोर्चाकी मीना पुन भन्दा बढि मत ल्याउदै बिजयी भनेका हुन् ।
दलित कोटामा एमालेका खेमबहादुर विक विजयी भएका छन् । उनले नेपाली काग्रेसका जीतबहादुर नेपालीलाई हराउदै बिजयी बने । विकले ३३ सय ९६ मत प्राप्त गरे भने नेपालीले २२ सय ९८ मत प्राप्त गरे । निर्वाचन अगाडी नै अपाङ्गता भएकाको कोटामा तनहूँका प्रकाश पन्थ बिजयी भएका थिए । एमालेका अपाङ्गतर्फ स्याङजाका रामबहादुर थापाको उमेद्वारी निर्वाचन आयोगले खारेज गरे पछि काग्रेसका पन्थ विजयी भएका हुन् ।
स्थानीय तहका १ सय ७० जनाको ३ हजार ६० मतभार र प्रदेश सभा सभासद् ५९ जनाको २ हजार ८ सय ३२ मतभार रहेको छ ।
गणेश तिमिल्सिना १७८२
दिननाथ शर्मा १५३०
सुरेन्द्र राज पाण्डे २२६२
कृष्ण अधिकारी १९८
शान्ती कुमारी अधिकारी जिसी १५१२
दीपा गुरुङ १७१६
विन्दा देवी आले राना २२७४
मीना पुन २७४
सम्बन्धित खबर
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी