गण्डक न्युज, पोखरा, २५ माघ / ‘नेपाल बन्छ, जब नेपालमै बन्छ’ मूल मन्त्रका साथ युवाको एक समूह ‘मन्त्रः च्यान्टिङ अफ टेक्नलोजी’ कार्यक्रम लिएर देश दौडाहामा छ । गत असोजमा काठमाण्डुमा र पुसमा विराटनगरमा कार्यक्रम सम्पन्न गरेको उक्त समूह पोखरा आइपुगेको छ र ६ दिने उक्त कार्यक्रम पोखरा सभागृहमा शुक्रबारदेखि नै सुरु हुँदैछ ।
अबको ७ वर्षभित्र आफ्नै भू उपग्रहसचित नेपालमै पहिलो रकेट प्रक्षेपण गर्ने सपना उक्त अभियानको छ । गैर नाफामुलक संस्थाहरु इनोभेटिभ घर नेपाल र युजआर्ट नेपालको संयुक्त आयोजनामा चलेको उक्त अभियानमा पर्यावरणलाई नियमित र सन्तुलन गर्न निर्माण गरिएको नमूना रोबोटिक उपकरणहरुको प्रदर्शनीलाई प्राथमिकता दिइएको इनोभेटिभ घर नेपालका अध्यक्ष विक्रान्त कार्कीले जनाए ।
नेपालमा विज्ञान र प्रविधिको सम्भाव्यता र विकासमा जोड दिँदै निरन्तर खोज अनुसन्धानमा संलग्न युवाहरुको परिकल्पना र नेतृत्वमा यो अभियान संचालन भईरहेको आयोजकले पोखरामा विहीबार पत्रकार सम्मेलन गरी जानकारी गरायो । फागुन २ गतेसम्म चल्ने सो कार्यक्रममा डिजिटल उत्पादन, इन्टरनेट सम्बन्धी सामाग्रीहरु आईओटी, कृत्रिम बौद्धिकता एआई र रोबोटिक कला जस्ता नेपालमै सम्भव रहेको नमूना र उदाहरणीय प्राविधिक विकासलाई प्रदर्शन गरिने कार्यक्रम संयोजक रिगेन्द्र गिरीले जनाए । पोखरामा आयोजित यो कार्यक्रमको स्थानीय संयोजन लायन्स क्लब अफ पोखरा सेन्चुरीले गरेको छ ।
उनका अनुसार प्रदर्शनीमा तालतलैयाहरुबाट फोहोर निकाल्ने रोबोटिक लेक स्वीपर उपकरणको नमूना, सडक सफा गर्ने रोबोटिक स्ट्रिट स्वीपर, खोज अनुसन्धानमुलक अन्य विभिन्न २० भन्दा बढी उपकरणको अवधारण, मण्डला थियटरको मोबाइल थिएटर बस, थ्रीडी प्रिन्टर, सीएनसी मेशिन, ड्रोन, रोबोट, ग्लाइडर जहाजहरु रहनेछन् ।
नेपाललाई प्राविधिक क्षेत्रको हबका रुपमा विकास गर्दै यहीं रोजगारीको अवसर सिर्जना गर्ने ध्येय राखेर सुरु गरिएको यो साझा अभियानमा प्रविधिको क्षेत्रमा नेतृत्व गर्दै काम गरिरहेका उद्यमी, अन्वेषक, कलाकारको सहभागिता रहेको छ ।
निःशुल्क प्रवेश गर्न पाइने प्रदर्शनीको १० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । सो अवसरमा रंगकर्मी विकाश जोशी निर्देशित मिरा मिराज प्रविधि नाटक मञ्चन र आधा सुरको जिरो सर्कल समूह लगायत स्थानीय ब्याण्डको कन्सर्ट मोबाइल थियटरकै बसमा हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो