पोखरा, २६ माघ / पोखरामा केही नाम चलेकै सुनचाँदी पसलहरुले गहनामा मिसावट गरेर विक्री गर्दै आएको खुलासा भएको छ ।
आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता संरक्षण बिभाग काठमाण्डौले पोखरा लेखनाथ महानगरपालिका स्थित सुनचादी पसलहरुको अनुगमनको क्रममा सुनका गरगहनामा मिसाबट गरी बिक्रि वितरण गरेको पाइएको हो ।
गरगहनामा मिसावटअभियोगमा पक्राउ पर्नेहरुमा दि युनाईडेट ज्वेलर्स प्रालिका संचालक महेन्द्रमान गुभाजु, गोर्खा वराह एण्ड ज्वेलर्सका हरिकुमार धमला, सिर्जनाचोकमा रहको अर्जुन पुम्दीभुम्दी सुनचाँदी पसलका अर्जुनवहादुर विक, सिर्जनाचोकको सन्तोष सुनचाँदी पसलका सन्तोष विक र रामवजारमा रहेको दलवहादुर एण्ड सुनचाँदी पसलका महेश सुनार छन् ।
उनीहरुलाई कालो बजारी तथा सार्बजनिक अपराध सजाय ऐन २०३२ बमोजिमे म्याद थप गरी कानुन बमोजिमको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक खड्कवहादुर खत्रीले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरा रंगशाला व्यवस्थित तबरले सञ्चालन गरिने
पोखरामा सुरु भयो माविस्तरिय ‘प्याब्सन स्पोर्टस मिट’
सफल पोखरा म्याराथनको तयारी सुरू
जलवायु परिवर्तन हिमालमा पारेको असरबारे पर्वतीय महोत्सवमा चिन्ता
नेपाल हाउस कास्कीद्वारा श्रमिकका सन्तानलाई ब्लाङ्केट प्रदान
पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका