पत्रकार जमुना वर्षालाई टंकादेवी-तुलसी स्मृति पत्रकारिता पुरस्कार

पत्रकार जमुना वर्षालाई टंकादेवी-तुलसी स्मृति पत्रकारिता पुरस्कार

Jamuna (1)

पोखरा, २७ माघ / यस वर्षको टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मा सम्मानित भएकी छन् । उनलाई प्राज्ञ तीर्थ श्रेष्ठ, गायिका हरिदेबी कोइराला, नेपाल पत्रकार महासंघका सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगाएतले नगद २० हजार १, दोसल्ला, सम्मानपत्रले सम्मान गरे ।

पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइराला तथा उनको परिवारजनवाट स्थापित सो पुरस्कारवाट हरेक वर्ष १ जना संचारकर्मीलाई पुरस्कृत गरिदै आईएको छ । पत्रकार पुण्य पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसलाई पत्रकार महासंघ कास्कीले सम्मानका लागि छनौट गरेको थियो । समितिमा रमेश पौडेल, माधव पनेरु तथा महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सना पदेन सदस्य थिए ।

जुमना हाल पोखरा एक्सप्रेस पाक्षिकको प्रधानसम्पादक, देशसंचार मल्टिमिडिया अनलाईन तथा रेडीयो जननीमा पनि आवद्ध छिन् । २०५७ सालमा धवलप्रभात मासिकवाट पत्रकारिता सुरु गरेकी वर्षाले माछापुच्छ्े एफएम, पोखरापत्र दैनिक, महिला खवरडटकमको क्षेत्रीय संवाददाताको रुपमा काम गरिन् ।

वर्षा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्सद, संचारिका समुह पश्चिमाञ्चलको अध्यक्ष तथा प्रेस चौतारीको केन्द्रीय सदस्य हुन् । पुरस्कारवाट यस अघि मरणोपरान्त स्व. उमा सिँह, रामकृष्ण ज्ञवाली, रीता गुरुङ, ईश्वरी न्यौपाने, गणेश पाण्डे, दीपेन्द्र श्रेष्ठ, ऋषि धमला र माधव पनेरु पुरस्कृत भईसकेका छन् ।

Pic. Umesh Pun

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ