पोखरा बस्ने तनहुँका कुमाल पर्वतमा यसरी पक्राउ परे

पोखरा बस्ने तनहुँका कुमाल पर्वतमा यसरी पक्राउ परे

min-bdr-kumal

पर्वत, २९ माघ – झुट्टा बिबरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले एक युवा लाई पक्राउ गरेको छ । तनहु मांझकोट घर भई हाल पोखरा चण्डिस्थान वस्ने ३० बर्षीय सुजन थापा भन्ने मिन वहादुर कुमाललाई पर्वत प्रहरीले पक्राउ गरेको हो ।

कुमालले जिल्ला प्रशासन कार्यालय तनहुवाट नेपाली नागरिकता प्राप्त गरी सकेपछी पुनः जिल्ला प्रशासन कार्यालय पर्वतवाट पनि झुट्टा व्यहोरा लेखाई दोहोरो नागरिकता लिएको प्रहरी अनुसन्धान बाट खुलेको छ ।

अभियुक्त कुमालले जिल्ला प्रशासन कार्यालय पर्वतवाट झुट्टा बिवरण पेश गरी सुजन थापाको नामको नेपाली नागरिकताको प्रमाण पत्र बनाएको स्विकार गरेका छन् । कुमाल लाई झुट्टा बिबरण पेश गरी दोहोरो नागरिकता अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ