हस्पिटालिटी नेपाल कन्टेस्टका प्रतिष्पर्धीको फोटो तथा भिडियोसुट सम्पन्न

हस्पिटालिटी नेपाल कन्टेस्टका प्रतिष्पर्धीको फोटो तथा भिडियोसुट सम्पन्न

hos (1)

गण्डक न्युज पोखरा, १ फागुन / दोस्रो हस्पिटालिटी नेपाल कन्टेस्टमा फोटोग्राफी भिडियोग्राफीका काम सकिएको छ । आयोजक एपी इन्टरटेनमेन्टका अनुसार प्रतिष्पर्धीका फोटोसुट सकिएको छ ।

विभिन्न थिम अनुसार फोटो, भिडियो सुट गरिएको छ । यस्तै सांग्रिला होटलमा टिभीसी खिचिएको आयोजक कम्पनीका मेनेजिङ डिरेक्टर अर्जुन पाण्डेले जनाए ।

एसटु प्रडक्शनले फोटोग्राफी भिडियोग्राफी पार्टनरका रुपमा काम गरिरहेको छ । पोखरा सहित बुटवल र काठमाण्डौ अडिसनबाट २७ जना प्रतियोगी छनौट गरी अहिले उनीहरुलाई विभिन्न प्रशिक्षणमूलक कार्यक्रममा सहभागी गराइएको छ ।

पोखरामा भएको पहिलो अडिसनमा २८ जनाबाट २४ जना छानिएको थियो । बुटवलमा भएको दोस्रो अडिसनबाट ६ जना छनौट भए । काठमाण्डौबाट एक जना छानिए । र अन्तिम अडिसनबाट कूल २७ प्रतिष्पर्धी प्रतिष्पर्धाका लागि योग्य बनेका हुन् ।

हिमाज एजुकेशन कन्सल्टेन्सीको प्रस्तुति रहेको हस्पिटालिटी नेपाल कन्टेस्टको मुख्य प्रायोजन लाली तयारी चाउचाउले गरेको हो । यसको अनलाईन पार्टनरमा गण्डकन्युज डटकम रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ