छोरीलाई जबर्जस्ती करणी गरिरहेका बेला पुगेका बाबुलाई बलात्कारी लामाले बञ्चरो हाने

छोरीलाई जबर्जस्ती करणी गरिरहेका बेला पुगेका बाबुलाई बलात्कारी लामाले बञ्चरो हाने

Rape

लमजुङ १ फागुन । लमजुङको राईनास नगरपालिका –६, सालफेदीकी एक बालिकालाई बलात्कार गरिरहेको बेला उनका बाबु पुग्दा बलात्कारीले बाबुमाथि नै बञ्चरो प्रहार गरेका छन् ।

१५ वर्षीया किशोरीलाई जर्वजस्ती करणी गरिहेको अवस्थामा किशोरीका वावुले देखेर प्रतिवाद गर्दा बाबुमाथिनै वञ्चरोले आक्रमण भएको प्रहरीले जनाएको छ ।

किशोरीको घरदेखी केही पर जंगलमा लगेर सोही स्थानका वर्ष ५६ का ज्ञानवहादुर लामाले करणी गरिरहेको वावुले देखेपछि उनी आक्रोशित हुँदे पुगेका थिए । लामाले एक्कासी बञ्चरो प्रहार गरेको बताईन्छ । बलात्कारी लामाले बञ्चरो देखाएर नै डर देखाएर बलात्कार गरेका थिए ।

बालिकाको बाबुको हातमा गहिरो चोट लागेको र उपचार भईरहेको प्रदेस प्रहरी कार्यालयले जनाएको छ । लामा हाल फरार रहेकोले खोजी भईरहेको प्रहरीले बतायो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ