छोरीलाई जबर्जस्ती करणी गरिरहेका बेला पुगेका बाबुलाई बलात्कारी लामाले बञ्चरो हाने

छोरीलाई जबर्जस्ती करणी गरिरहेका बेला पुगेका बाबुलाई बलात्कारी लामाले बञ्चरो हाने

Rape

लमजुङ १ फागुन । लमजुङको राईनास नगरपालिका –६, सालफेदीकी एक बालिकालाई बलात्कार गरिरहेको बेला उनका बाबु पुग्दा बलात्कारीले बाबुमाथि नै बञ्चरो प्रहार गरेका छन् ।

१५ वर्षीया किशोरीलाई जर्वजस्ती करणी गरिहेको अवस्थामा किशोरीका वावुले देखेर प्रतिवाद गर्दा बाबुमाथिनै वञ्चरोले आक्रमण भएको प्रहरीले जनाएको छ ।

किशोरीको घरदेखी केही पर जंगलमा लगेर सोही स्थानका वर्ष ५६ का ज्ञानवहादुर लामाले करणी गरिरहेको वावुले देखेपछि उनी आक्रोशित हुँदे पुगेका थिए । लामाले एक्कासी बञ्चरो प्रहार गरेको बताईन्छ । बलात्कारी लामाले बञ्चरो देखाएर नै डर देखाएर बलात्कार गरेका थिए ।

बालिकाको बाबुको हातमा गहिरो चोट लागेको र उपचार भईरहेको प्रदेस प्रहरी कार्यालयले जनाएको छ । लामा हाल फरार रहेकोले खोजी भईरहेको प्रहरीले बतायो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ