रञ्जन अधिकारी पोखरा, १ फागुन / अन्नपूर्ण गाउँपालिका ढिकुरपोखरी वडा नं. ३ मा एउटा पनि खेलमैदान थिएन । पाउँदुर सहित मास्तोक, डहरमुनी, रानीथोक, ढुंगामुन, मुलाथरे, काउले, पुरानो मैदानका युवाहरुलाई खेल्ने मैदानको अभाव थियो । अब पाउँदुरमा भिरालो जमिन सम्याएर ठूलो खेलमैदान बनिरहेको छ ।
स्थानीय लक्ष्मी प्राथमिक विद्यालय परिसरमै बनिरहेको उक्त मैदानबाट विद्यार्थी समेत लाभान्वित हुनेछन् । स्थानीय समाजसुधार युवा परिवारको सक्रियता तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेल र कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको पहलमा खेल मैदान निर्माण सुरु भएको हो । क्षेत्रमा खेलकुद विभागको नेतृत्व लिईरहँदा खेल्नकै लागि आफ्नै गाउँमा मैदान बनाउँदा सबैभन्दा खुशी अध्यक्ष पौडेल नै छन् ।

मैदान निर्माणका लागि धमाधम काम भईरहेको छ । अहिले जग्गा सम्याउने काम चलिरहेको छ । १५ दिनभित्रै जग्गा सम्याएर दुबो लगाउने काम, तारजाली लगाउने काम सुरु हुने पौडेलले बताए । १३ रोपनी क्षेत्रफलमा रहेको भिरालो जमिनलाई सम्याउन १३ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
मैदान निर्माणका लागि निर्माण व्यवसायी संघ, नेपाल डोजर एसोसियन, लगायत सहयोगीसँग डोजर तथा एक्साभेटर उपलब्ध गराई सहयोग गरेको छ । जमिन सम्याईसकेपछि सपोर्टका लागि ग्याभिन जालीको प्रयोग समेत गरिने उनले जानकारी दिए । यसका लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय कास्कीले सहयोग गर्ने उनले बताए ।
उक्त क्षेत्रमै अहिलेसम्म कुनै पनि खेल मैदान नभएको अवस्थामा अब मैदान निर्माणपछि स्थानीय बालबालिका तथा यूवाहरुका लागि विभिन्न प्रतियोगिता सञ्चालनका लागि सहयोग पुग्ने समाजसुधार यूवा क्लबका संस्थापक अध्यक्ष अध्यक्ष इन्द्र पौडेलले बताए । वर्तमान अध्यक्ष ओमप्रसाद पौडेलसँगै स्थानीयले श्रमदान गरिरहेका छन् । जाली लगाएर सम्याईसकेपछि दुबो लगाउने काम हुनेछ ।

८५ मिटर लम्बाई र ४१ मिटर चौडाई रहने उक्त मैदानमा फुटबल र भलिबल समेत खेल्न मिल्ने अध्यक्ष पौडेलले बताए । प्राविधिक सहयोग सबै क्षेत्रीय खेलकुद विकास समितिको छ । हालसम्म ६० प्रतिशत काम सम्पन्न भईसकेको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला