प्रकाशचन्द्र सापकोटा पोखरा, ४ फागुन । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगर, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वगरको संयुक्त आयोजनामा वृहत सचेतना ¥याली निकालिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा अभियानको रुपमा शुरु गरिएको लागुऔषध नियन्त्रण महाअभियान–२०७४ अन्तर्गत फागुन ५ गते शनिवार बिहान १०ः३० बजे लागु औषध नियन्त्रण सम्वन्धि वृहत सचेतना ¥याली निकालिन लागिएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष जीवन अधिकारीले जानकारी दिइन् ।
¥याली पोखरा लेखनाथ महानगर पालिका वडा नं. १ वगरको टुडिखेलबाट शुरु भई विन्ध्यवासिनी, मोहोरीया टोल, भिमसेन टोल, नालाको मुख, गैह्रापाटन, नदिपुर, क्याम्पस गेट, भिमकालीपाटन हुदै पुन टुडिखेलमा आएर सभामा परिणत हुने अधिकारीले जानकारी दिइन् ।
¥यालीलाई सफल बनाउनका लागि विद्यालयका शिक्षक विद्यार्थी, विभिन्न संघ संस्था, आमा समूह, क्लब टोल विकास संस्था, लागु औषध नियन्त्रण महाअभियान वडा स्तरिय समितिबाट लागु औषध सम्वन्धि प्लेकार्ड सहित उपस्थित हुन अधिकारीले आग्रह गरिन् ।
‘समाजमा जनचेतना जागाउनका लागि पनि ¥यालीको आयोजना गरिएको हो’–अधिकारीले भनिन्–¥यालीमा सहभागि भइ कार्यक्रम सफल बनाउनका लागि यहाँहरुसँग अनुरोध गर्दछु ।
लागुऔषध जन्य बोटबिरुवा उत्पादन तथा ओसार पसारमा नियन्त्रण, लागु औषधको सेवनले व्यक्ति तथा समाजमा नकरात्मक असर बारे जनचेतना फैलाउ, लागुऔषध अपराधमा संलग्नलाई पहिचान गरी कानुनी दायरामा ल्याउने, दुव्र्यशनिलाई परामर्श गरी दुव्र्यशनको लतबाट अलग गर्न लागुऔषध नियन्त्रणमा स्थानीय जन प्रतिनिधी, नागरिक समाज, आमा समूह, युवा क्लबलगायत सरोकारवाला निकायहरुको सहभागिता जुटाउन, लागुऔषध नियन्त्रण अभियानमा सरोकार राख्ने पक्षहरुसँग समन्वयात्मक भूमिका अभिवृद्धि गरी योजनाबद्ध तरिकाले अभियानलाई अगाडि बढाउ यो ¥यालीको अयोजना गरिएको कार्यक्रम संयोजक तथा केन्द्रका सहसचिव बसन्त बास्तोलाले जानकारी दिए ।
सामुदायिक सेवा केन्द्र एव्म सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले समाजमा रहेका विकृति विसंगती न्यूनिकरणका लागि मिति २०५९ सालमा स्थापना भइ विभिन्न सचेतना मूलक तथा समाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु