प्रदेश नं. ४ काे मुख्यमन्त्री कार्यालयका गतिविधि संसारभर वेबसाइटबाट हेर्न पाईने

प्रदेश नं. ४ काे मुख्यमन्त्री कार्यालयका गतिविधि संसारभर वेबसाइटबाट हेर्न पाईने

provience-4-website

पोखरा, ४ फागुन । प्रदेश नं. ४ मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ गर्ने बित्तिकै कार्यालयका गतिबिधि अब संसारभरबाट हेर्न पाइने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आज वेवसाइट सार्वजनिक गरेको हो । उक्त वेवसाइटको मुख्य मन्त्री गुरुङले औपचारीक रुपमा सार्वजनिक भएको घोषणा गरे । www.p4ocmcm.gov.np बाट मन्त्रीपरिषद कार्यालयका गतिविधि हेर्न सकिनेछ ।

कार्यालयका काम र गतिविधि सार्वजनिक गर्नको लागि वेवसाइट सुरुवात गरेको मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिव लक्ष्मण अर्यालले जानकारी दिए । कार्यालयका सबै गतिविधि छिटो छरितो सर्वसाधारणले जानकारी पाउन भन्ने उद्देश्यले वेवसाइटको सुरुवात गरिएको मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ