पोखरा, ५ फागुन/ पोखराको लेकसाईड क्षेत्रमा जथभावी फुटपाथ तथा बिजुलीका पोलहरुमा राखिएका साईन बोर्ड तथा होडिङ बोर्ड हटाईएको छ ।
लेकसाईडमा मापदण्ड विपरित फुटपाथ क्षेत्रमा तथा बिजुलीका पोलहरुमा जथभावी राखिएका साईन बोर्ड तथा होर्डिङ बोर्डहरु हटाइएको लेकसाइड सरसफाइ तथा अनुगमन समितिका संयोजक तथा वडा सदस्य हरिकृष्ण पहारीले बताए । विभिन्न व्यापारीहरुले आफ्नो बजारको प्रचार गर्ने उद्धेश्यले फुटपाथ क्षेत्रकै बटुवाहरु हिड्ने स्थलमै साईन बोर्ड तथा होडिङ बोर्ड राखेकोले उक्त सामाग्रिहरु हटाइएको पहारीले जनाए ।
पोखरा लेखनाथ महानगरपालीका, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६, सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, क्लिन लेकसाईड, नगर प्रहरी तथा नेपाल प्रहरी, नागरिक समाज, आमा समुह लगायतको अगुवाईमा भएको अनुगमनमा करिब वटा साईन बोर्ड नियन्त्रणमा लिईएको संयोजक पहारीले बताए ।
उनका अनुसार नियन्त्रणमा लिएका साईन बोर्ड तथा होर्डिङ बोर्डहरु महानगरपालिकामा राखिएको छ । हल्लनचोक देखि बाराहीघाट सम्मको क्षेत्रमा अनुगमन भएको पहारीले जनाए । दुई गाडी करिब ७० वटा साइनब बोर्ड महानगरपालिकामा मापदण्डविपरित राखिएका साईन बोर्ड तथा होर्डिङ बोर्डहरु लगिएको संयोजक पहारीले जनाए ।
अनुगमनमा सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष भिम पराजुली, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य बिष्णु भट्टराई, क्लिन पोखराका अध्यक्ष महेन्द्र नेपाली, सरसफाई अभियानका संयोजक सोभित परियार, पर्यटन व्यवसायी मंगल नेपाली, लगायतकाको सहभागिता रहेको थियो । विभिन्न व्यापारिक प्रवद्र्धन गर्न सडक पेटिमा राखिएका साईन बोर्डहरु टोलीले नियन्त्रणमा लिएको थियो । अनुगमन टोलीले पुनः अनुगमनलाई तिव्रता दिने जनाएको छ ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?