गोरखा भाग्यमानी, एकै क्षेत्रका २ सांसद मन्त्री ।
गण्डक न्युज पोखरा, ५ फागुन / उसो त राष्ट्रिय राजनीतिमा समेत कास्कीको स्थान सन्तोषजनक छैन । मुलुककै दोस्रो राजधानी पोखरा रहेको यो जिल्लाबाट अहिलेसम्म आधा दर्जनले मात्रै फुल मन्त्री पाएका छन् । संघीय संरचनापछिको पहिलो प्रदेश सरकारमा कास्कीको बाहुल्यता रहने अनुमान फेल भएको छ । प्रदेश ४ अन्तर्गतका ११ जिल्ला मध्ये सबैभन्दा बढी सांसद निर्वाचित जिल्ला नै कास्की हो ।
प्रदेश राजधानी कास्कीको पोखरा नै रहेपनि प्रदेश हाँक्ने नेता पोखराका थिएनन् । युवा नेता रविन्द्र अधिकारीको नाम सुरुवाती चर्चा रहेपनि पछि नेकपा एमालेले सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङ प्रदेशमा उठायो । दुवै जना कास्की बाहिरका लमजुङ र तनहुँका हुन् । यसकारण नेतृत्व कास्कीले नपाउने त पक्का भईसकेको थियो । मुख्यमन्त्रीमा निर्विरोध रुपमा पृथ्वीसुब्बा चुनिएपछि सपथसँगै शुक्रबार नै उनले चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरे ।
चार सदस्यीय मन्त्रीमण्डलमा कास्कीबाट समेटिएको छैन । लमजुङबाट मुख्य मन्त्री, गोरखाबाट मात्रै २ जना मन्त्री र तनहुँबाट एक जना समावेश भएका छन् । गोरखाको पनि क्षेत्र नम्बर १ का जनता सबैको मत मन्त्रीकै लागि भएको छ । प्रदेश (क) का सांसद माओवादी नेता लेखबहादुर थापा भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री र (ख) का सांसद रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्न सफल भए । तनहूँका हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्रीको रुपमा नियुक्त भए ।
पूर्वका जोडिएका तीन जिल्लाले मन्त्रीमण्डल भरिए । जहाँबाट १६ सांसद हुन् । प्रदेशमा ७ भन्दा बढी मन्त्री नबनाउन सुझाव छ । यति सानो मन्त्रीमण्डलमा अब तीन जनामात्र चुन्न बाँकी छ । सभामुख भने पर्वतका नेत्रनाथ अधिकारी बनेका छन् । सभामुख माओवादीको भागमा परेको थियो ।
१३ सांसद भएको कास्कीले एउटा पनि मन्त्री नपाउनु भनेको रामजनीतिको पहुँचमा कास्की पछि परेको नै हो । नेताको प्रभाव कमजोर रहेको यसले प्रष्ट पार्छ । राजधानीबासीले आफ्नै जिल्लाका एक जना सांसद पनि मन्त्रीका रुपमा देख्न नपाउने हो कि ? भन्ने गुनासो बढ्न थालेको छ । नाम नबताउने शर्तमा एक सांसद भन्छन्ः भागवण्डामा यस्तै हो । गतिलो मन्त्रालय पार्टीलाई नपर्ने, नेताहरुसँग गतिलो सम्बन्ध नहुने भएकाले पनि यस्तो भएको होला ।
यी लगायत स्याङ्जा, बाग्लुङ, म्याग्दी, नवलपरासी, मनाङ, मुस्ताङ जिल्ला प्रदेश नं. ४ मा छन् । हुन त सरकारमा इन्ट्री भूगोलले होईन, व्यक्ति र क्षमताले हो । तर क्षमता नै नभएका हुन् त ? कास्कीका नेतामा ? भागवण्डा मिलाउँदा नमिलेर कि ? समावेशितमा नअटेर ? कि त पार्टी र नेताका प्रिय नभएर ? अझै तीन सदस्य थपिन बाँकी नै छ ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै