गण्डक न्युज पोखरा, ५ फागुन / प्रदेश नम्बर ४ मा शुक्रबार बिहान विशेष समारोहका बिच मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुवँरबाट सपथ लिए । एकता प्रक्रियामा अघि बढेको माओवादी र एमालेले एकसाथ एक एक जना मन्त्रीलाई पहिलो चरणमा सपथ खुवाउने योजना थियो ।
तर, एमालेका प्रदेशसभा सदस्य रामशरण बस्नेतले मात्र प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिए । माओवादीको भागमा परेको सभामुखमा यसअघि निश्चित भइसकेका नेत्रनाथ अधिकारीले सपथ लिए । माओवादीबाट मन्त्रीको नाम भने पुगेन ।
शुक्रबार साँझ मात्रै माओवादीका तर्फबाट हतारहतार दुई मन्त्रीलाई सपथ खुवाईयो । माओवादीका सांसद सुरुदेखि नै आफूहरुलाई मन्त्री पदको दाबेदारको रुपमा प्रस्तुत गरिरहेकै बेला तनहुँका हरिबहादुर चुमानलाई आन्तरिक मामिला तथा कानुन (गृह) र गोरखाका लेखबहादुर थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा नियुक्त गरेको हो ।
सुरुमा माओवादीले मन्त्रीका विषयमा टुंगो लगाउन सकेन । माओवादी केन्द्रले शुक्रबार साँझ बल्ल आफ्नो भागमा परेको दुई मन्त्री पठाएको हो । श्रोतका अनुसार देव गुरुङका रोजाईका चुमानले मन्त्री पड्काए । थापालाई भने हरि अघिकारीले अघि सारेका हुन् । चुमान देव गुरुङसँगै माओवादीमा फर्किएका थिए । थापा हरि अधिकारी निकट मानिन्छन् । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकाजी गुरुङले चुमान र थापालाई मन्त्री बनाउने प्रस्ताव गरेपछि उनको प्रस्ताव अरु सदस्यहरुले अस्विकार गरेका कारण विवाद बढेर बैठक बिना निर्णय टुंगिएको नेताहरुले बताए ।
माओवादी केन्द्रले मन्त्रीमा सिफारिस गरेका नामका विषयमा अहिले माओवादी केन्द्र भित्र असन्तुष्टी बढेको छ । असन्तुष्ट सांसदहरु मन्त्रीको सपथ ग्रहणमा समेत उपस्थित भएनन् । माओवादी केन्द्र प्रदेश ४ को संसदीय दलका उपनेता समेत रहेका रामजी बराल र पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य दीपक कोइराला असन्तुष्ट छन् । उनीहरु कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । गुट हाबी भएको र पार्टी र संसदीय दलको निर्णय विना नै सिफारिस गरिएकोमा उनीहरु रुस्ट छन् ।
सांसदहरु मन्त्रीहरुको विरुद्ध अविश्वासको प्रस्ताव लैजाने मुडमा रहेको स्रोत बताउँछ । कास्कीबाट कसैलाई पनि मौका नदिएर बाहिर लैजान खोजेपछि संसदीय दलको बैठकमा सहमति हुन नसकेको र सहमति बिना मन्त्रीहरु पठाएकाले त्यसको विरोध गर्न आफुहरु तयार रहेका उनीहरुको भनाई छ ।
मन्त्रीका आंकाक्षी धेरै भएकै कारण थोरै पदमा मिलाउन गाह्रो भएको पार्टीका नेताहरुको भनाई छ । प्रदेश ४ मा सात मन्त्रालयमा मुख्यमन्त्रीसहित पाँच एमाले र दुई माओवादी केन्द्रलाई परेको छ । सभामुख माओवदीको भागमा छ ।
सम्बन्धित खबर
एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा
विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन