प्रदेश ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित

प्रदेश ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित

Shirjana_sharma

पोखरा, ६ फागुन । प्रदेश नम्बर ४ उपसभामुखमा एमाले र माओवादी गठबन्धकी साझा उम्मेदवार सिर्जना शर्मा निर्वाचित भएकी छिन् ।

आइतबार प्रदेशको कार्यालय पोखरामा सम्पन्न निर्बाचनबाट शर्मा निर्बाचित भएकी हुन । शर्माको पक्षमा ३८ मत परेको थियो भने बिपक्षमा १८ मत परेको थियो ।

निर्वाचित शर्मालाई आइतबार नै प्रदेश सभामुख नेत्रनाथ अधिकारीले शपथ गराइसकेका छन्। उनी एमालेको तर्फबाट समानुपातिक प्रदेश सांसद हुन। उनलाई उप- सभामुख निर्बाचित गरियोस भन्ने प्रस्ताव एमालेका सांसद मायानाथ अधिकारिले पेश गरेका थिए । उनको प्रस्तावमा एमाओवादीकै सांसद गायत्री गुरुङले समर्थन गरिन्। बैठकमा ५६ जना सांसदहरु उपस्थित भएका थिए।

प्रदेश सभाको आजको उक्त बैठकमा कुल ६० मध्ये ५६ जना सांसदको उपस्थिति रहेको थियो। उपसभामुखमा कांग्रेसबाट गोरखाकी सांसद मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाबाट बागलुङकी सांसद पियारी थापा उम्मेद्वार थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ