File Photo
गण्डक न्युज पोखरा, ६ फागुन / पोखरा लेखनाथ महानगरपालिका वडा नं. २६ विजयपुर खोलामा डुबेका अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ ।
आइतबार दिउँसो साढे २ बजेतिर विजयपुर खोलामा बेहोस् अवस्थामा उनलाई फेला पारिएको ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।
मृत्यु हुनेमा पाल्पा जिल्ला जुगेपानी गाउँपालिका वडा नं. ७ घर भई पोखरा पृथ्वीचोक डेरा गरी बस्ने जोगलाल बिक रहेको खुलेको छ । ट्याक्सी ड्राईभरले डुबेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । ५५ वर्षीय उनलाई तुरुन्त उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याईएकोमा अस्पतालले मृत घोषणा गरेको गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा नुहाउन गएको बेला डुबेको हुनसक्ने खुलेको छ । बिक बस पनि चलाउने बुझिएको छ । मृतकका आफन्त सोमबार आउने र थप विवरण दिन सकिने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि