गण्डक न्युज पोखरा, ६ फागुन । आदर्श समाज दैनिकका सहायक सम्पादक प्रकाशचन्द्र सापकोटा पत्रिकाबाट बिदाइ भएका छन् । निरन्तर १३ वर्षसम्म पत्रिकाका विभिन्न पदमा रही कार्यरत हेमजा निवासी सापकोटा पछिल्लो समय सहायक सम्पादक पदमा कार्यरत थिए ।
न्यूरोडस्थित पत्रिकाको कार्यालयमा आइतबार भएको उनको बिदाइ समारोहमा सहकर्मी साथीहरुले मायाको चिनोसहित खादा लगाएर बिदाइ गरेका हुन् । एउटै सञ्चारमाध्यममा उनको निरन्तर समर्पण, इमान्दारिता, लगाव र मेहनतको सहकर्मी साथीहरुले मुक्तकण्ठले प्रशंसा गरे । उनले आप्mनो कार्यव्यस्तताको कारण देखाउँदै माघ १ देखि लागू हुने गरी कार्यालयमा राजीनामा बुझाएका थिए । रेडियो हेमजाका कार्यकारी निर्देशक समेत रहेका पत्रकार सापकोटा प्रेस युनियन कास्कीका सचिव समेत छन् ।
पत्रिकाका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले पत्रकार सापकोटाले पत्रिकालाई पु¥याएको योगदान सधैँ सम्झिरहने बताए । साथै उनले सापकोटाको आगामी दिन अझ सुखद् र सफल होस् भनी शुभकामना दिए । सम्पादक यज्ञप्रसाद बास्तोलाले आगमन सुखद हुने भए पनि बिदाइ दुःखद र नरमाइलो हुने बताउँदै सापकोटाको उज्ज्वल भविष्यको कामना गरे ।
कार्यक्रमको अध्यक्षको आसनबाट बोल्दै कार्यकारी सम्पादक नवीन सिग्देलले पत्रकार सापकोटा निर्भिक, इमान्दार र स्पष्ट रहेको बताए । पत्रकार सापकोटाले आफूलाई चिनाउनुमा आदर्श समाजको ठूलो योगदान रहेको उल्लेख गर्दै आफू जहाँ रहे पनि पत्रिकालाई माया गरिरहने बताए ।
कार्यक्रममा स्वागत वरिष्ठ संवाददाता भीमपाणि बरालले र सञ्चालन संवाददाता रञ्जन अधिकारीले गरेका थिए । कार्यक्रममा सहायक सम्पादक विजय नेपाल, संवादददाता प्रकाश ढकाल, नारायण शाही, श्रीभद्र पौडेल लगायतले उनलाई खादा लगाउँदै मायाको चिनो प्रदान गरी शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित खबर
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
एफडी मोटर्सको शोरुम पोखरा नयाँबजारमा, १५ दिनका लागि अफरै अफर
स्याङ्जामा सत प्रतिशत किशोरीलाई एचपिभी खोप लगाइयो
स्वास्थ्य सचिवमा वहालीको माग गर्दै बिनोदबिन्दुले दायर गरेको रिट उच्चद्वारा खारेज
सदाचार र नैतिकताले सुशासन र समृद्धिः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति