गण्डक न्युज पोखरा, ८ फागुन / विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको बन्द मंगलबार भने पृथक रह्यो । यसअघि, बन्द अवज्ञा गरेको भन्दै सवारी आगजनी तथा तोडफोड हुने गरेकोमा यसपटक भने जनता हिँड्ने बाटैमा बम राखेर त्रसित बनायो । पोखरामै तीन ठाउँमा बम भेटियो । एक ठाउँमा विस्फोट हुँदा पत्रकार र प्रहरी नै घाईते भयो । तर, घटनाको जिम्मेवारी नेकपाले लिएको भने छैन।
पोखराको नागढुंगामा बम डिस्पोज गरिसक्न नपाउँदै विजयपुर खोला नजिक आफै पड्कियो । त्यसपछि अपरान्ह प्रदेश प्रमुख निवास नजिकै अर्को बम भेटियो । पोखराको नागढुंगामा सडकपेटीमै राखिएको बम नेपाली सेना कालिभञ्जन गणबाट डिस्पोजल टोलीले डिस्पोज गरेको हो । बाटैमा जेब्रा झोलामा संकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

त्यसलगत्तै विजयपुरमा बम भेटिएपछि उक्त बम डिस्पोज गर्न टोली जादै गर्दा बम विस्फोट भई पोखराका पत्रकार घनश्याँम पाण्डेय र प्रहरी जवान कुलबहादुर खत्री घाईते भए ।

मंगलवार मध्यान्ह पौने १२ बजे बम विष्फोट हुँदा पत्रकार पाण्डेयको घाँटी र टाउकोमा चोट लागेको छ भने जवान खत्रीको घाँटीमा चोट लागेको छ । उनीहरुको हाल गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ ।

विजयपुरको पुलको नजिक संकास्पद बस्तु देखे पछि स्थानियले प्रहरीलाई खवर गरे पछि प्रहरीले घेरा हाल्दै गर्दा एक्कासी बम विष्फोटन हुदा बमको छर्राले लागेर पत्रकार र प्रहरी घाईते हुन पुगेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए । क्यामेराको कडा फ्लासका कारण पनि बम आफै विस्फोट भएको अनुमान गरिएको छ । पत्रकार र प्रहरी घाईते हुने गरी भएको घटनाको नेपाल पत्रकार महासंघ, कास्की, खेलकुद पत्रकार मञ्च कास्की लगायतले कडा भत्र्सना गरेको छ ।
प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुंवरको निवास नजिक सुतली बम भेटियो । त्यसलाई पनि डिस्पोज गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको पोखरा भ्यूप्वाईन्ट नजिक फेला परेको शंकास्पद वस्तु भने बम नभएको कास्की प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जनाए ।

नेकपा कास्की ईन्चार्ज सावित्री दुरा आस्थाले बम राखिनु र विस्फोटबाट पत्रकार र प्रहरी घाईते हुनु दुःखद विषय भएको बताईन् । यद्यपी, आफूहरुले नराखेको उनको दाबी छ । प्रहरी प्रशासनले नेकपाका कार्यकर्तालाई हिँडडुल समेत गर्न नदिएकाले आफूहरुले बम नराखेको भन्दै उनले जनताले राखेका हुनसक्छ भनिन् ।
आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै नेकपाले आयोजना गरेको बन्दको दिन मंगलबार पोखरा क्षेत्रमा बिहानै देखि सार्वजनिक सवारी चलेनन् । निजी सवारी भने विस्तै चल्न थाले । पोखराका विभिन्न उद्योग भन्दा कलकारखाना, पसलहरु, स्कुल तथा क्याम्पस पुर्ण रुपमा ठप्प भए । बेलुकी ५ बजे देखि पूर्ववत् रुपमा सवारी सञ्चालनमा आए ।
तस्विर: सामाजिक सञ्जाल
सम्बन्धित खबर
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्यो नयाँ पर्यटन अभियान
२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
फेवातालमा बेपत्ता युवकको शव फेला
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
फेवातालमा बेपत्ता युवकको शव फेला