गण्डक न्युज पोखरा, ९ फागुन / पोखरामा नेविसंघका विद्यार्थीको लगातार दुर्घटनामा ज्यान गएको छ । माघ २२ गते स्याङ्जा आँधीखोलाका नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकालको पोखरा बगरमा बसले किचेर मृत्यु भएको थियो भने फागुन ७ गते स्याङ्जा आँधीखोलाकौ बन्दना पौडेलको ट्रिपरको ठक्करबाट ज्यान गयो ।
ट्रिपरको ठक्करबाट मृत्यु भएकी बन्दना पौडेलको दुर्घटनाबारे छानविनको माग गर्दै बुधबार बिहानै देखि आन्दोलित विद्यार्थी सहमतिपछि शान्त बने । पोखरा चाउथेमा सोमबार बेलुकी स्कुटरमा सवार स्याङ्जा आँधीखोला गाँउपालिका वडा नं. ५ जुग्लेकी पौडेललाई ट्रिपरले ठक्कर दिएर मारेको थियो ।
नेविसंघ जनप्रिय माविकी सदस्य समेत रहेकी पौडेलको मृत्युपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ, पीडित परिवार, नारायणी यातायात व्यवसायी संघ र प्रशासनवीच बुधबार भएको वार्तामा सहमति जुटेको हो। बुधबार साँझ भएको सहमतिपछि आन्दोलनका सबै कार्यक्रम सकिएको विद्यार्थी नेता भानु ढकालले जानकारी दिए ।

उनका अनुसार चालकलाई कडा कारबाही गर्ने, पीडित पक्षलाई उचित राहात उपलब्ध गराउने र आगामी दिनमा घटना दोहोरिन नदिन अभियानमुखी अभिमुखिकरण कार्यक्रम गर्ने सहमति भएको छ ।
सहमति जुटेपछि विहिबार विहान पौडेलको अन्त्यष्टी गरिने नेविसंघले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट विहान १० बजे शवयात्रा गर्ने र रामघाटमा लगेर अन्त्यष्टी गरिने ढकालले जानकारी दिए । उनले सबैलाई शवयात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् । पौडेल जनप्रिय माविमा कक्षा १२ मा अध्ययरत छात्रा थिईन्।
उनी गण्डकी मेडिकल कलेज पोखराकी कर्मचारी समेत हुन् । उनको मृत्युको विरोधमा विद्यार्थीहरुले बुधबार विभिन्न ठाउँमा नाराबाजी सहित प्रदर्शन गरेका थिए । बुधबार बिहानैदेखि जनप्रिय स्कुल सिमलचौरमा नाराबाजी सहित प्रदर्शन गरे । उनीहरुले हत्यारालाई फाँसी दे, विद्यार्थी मार्न पाईँदैन, विद्यार्थी एकता जिन्दाबाद जस्ता नारा लगाएका थिए ।
सोमबार बेलुकी पौने ८ बजेतिर ना ६ ख ९००६ नम्बरको ट्रिपरले पौडेल सवार ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । यसअघि, माघ २२ गते स्याङ्जा आँधीखोलाकै नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई झगडापछि बसले किचेको थियो । त्यसबेला विद्यार्थीको आन्दोलनले पोखरामा प्रहरीलाई हम्मे हम्मे पारेको थियो ।

सम्बन्धित खबर
कास्कीका ६ मध्ये ३ क्याम्पसमा स्ववियु चुनाव सम्पन्न, ३ क्याम्पसमा अनिश्चित
वालिङ् क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका निरज विजयी, सचिवमा अनेरास्ववियुकी बिना
अखिल (क्रान्तिकारी) गण्डकीले ५ जनालाई गर्यो साधारण सदस्यसमेत नरहने गरी कारवाही
पोखरा मासबारमा दिउँसै चितुवा भेटियो, उद्दार गरी पचभैया जंगलमा [भिडियो]
वन क्याम्पस पोखरामा एमाले र माओवादी निकट विद्यार्थीको संयुक्त प्यानल विजयी
त्रिआ क्याम्पस स्याङ्जामा देवदत्त नेतृत्वको नेविसंघको प्यानल नै विजयी
यो पनि पढौँ
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ