गण्डक न्युज पोखरा, ९ फागुन / पोखरामा नेविसंघका विद्यार्थीको लगातार दुर्घटनामा ज्यान गएको छ । माघ २२ गते स्याङ्जा आँधीखोलाका नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकालको पोखरा बगरमा बसले किचेर मृत्यु भएको थियो भने फागुन ७ गते स्याङ्जा आँधीखोलाकौ बन्दना पौडेलको ट्रिपरको ठक्करबाट ज्यान गयो ।
ट्रिपरको ठक्करबाट मृत्यु भएकी बन्दना पौडेलको दुर्घटनाबारे छानविनको माग गर्दै बुधबार बिहानै देखि आन्दोलित विद्यार्थी सहमतिपछि शान्त बने । पोखरा चाउथेमा सोमबार बेलुकी स्कुटरमा सवार स्याङ्जा आँधीखोला गाँउपालिका वडा नं. ५ जुग्लेकी पौडेललाई ट्रिपरले ठक्कर दिएर मारेको थियो ।
नेविसंघ जनप्रिय माविकी सदस्य समेत रहेकी पौडेलको मृत्युपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ, पीडित परिवार, नारायणी यातायात व्यवसायी संघ र प्रशासनवीच बुधबार भएको वार्तामा सहमति जुटेको हो। बुधबार साँझ भएको सहमतिपछि आन्दोलनका सबै कार्यक्रम सकिएको विद्यार्थी नेता भानु ढकालले जानकारी दिए ।

उनका अनुसार चालकलाई कडा कारबाही गर्ने, पीडित पक्षलाई उचित राहात उपलब्ध गराउने र आगामी दिनमा घटना दोहोरिन नदिन अभियानमुखी अभिमुखिकरण कार्यक्रम गर्ने सहमति भएको छ ।
सहमति जुटेपछि विहिबार विहान पौडेलको अन्त्यष्टी गरिने नेविसंघले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट विहान १० बजे शवयात्रा गर्ने र रामघाटमा लगेर अन्त्यष्टी गरिने ढकालले जानकारी दिए । उनले सबैलाई शवयात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् । पौडेल जनप्रिय माविमा कक्षा १२ मा अध्ययरत छात्रा थिईन्।
उनी गण्डकी मेडिकल कलेज पोखराकी कर्मचारी समेत हुन् । उनको मृत्युको विरोधमा विद्यार्थीहरुले बुधबार विभिन्न ठाउँमा नाराबाजी सहित प्रदर्शन गरेका थिए । बुधबार बिहानैदेखि जनप्रिय स्कुल सिमलचौरमा नाराबाजी सहित प्रदर्शन गरे । उनीहरुले हत्यारालाई फाँसी दे, विद्यार्थी मार्न पाईँदैन, विद्यार्थी एकता जिन्दाबाद जस्ता नारा लगाएका थिए ।
सोमबार बेलुकी पौने ८ बजेतिर ना ६ ख ९००६ नम्बरको ट्रिपरले पौडेल सवार ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । यसअघि, माघ २२ गते स्याङ्जा आँधीखोलाकै नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई झगडापछि बसले किचेको थियो । त्यसबेला विद्यार्थीको आन्दोलनले पोखरामा प्रहरीलाई हम्मे हम्मे पारेको थियो ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु