पोखरा, फागुन १५ । तपाईंले राम्रो दाह्री पाल्नुभएको छ ? यदि छ भने पोखरा आउनुस् । अनि जित्न सक्नुहुनेछ स्मार्टफोन । आई ब्लुज म्यानेजमेन्ट प्रालिले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा अन्तर्राष्ट्रिय स्तरको ‘फुड कार्निभल’ कार्यक्रम आयोजना गर्ने भएको छ । चैत ३० गते पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो ।
नेपालीहरुमा नयाँ बर्षको आकर्षण बढाउन र खानाका परिकार तथा डिजे म्युजिकमा रमाउने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक पहिचान झल्काउने पोशाक, इच्छा अनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित डे«स कोड, विभिन्न देशहरुको पोशाक लगाएर उपस्थित हुन मिल्छ ।
उत्कृष्ट पोसाकलाई आयोजकले मुल्याकंन गरेर सिंगापुर, थाइल्याण्ड, दुबई, इन्डोनेसिया लगायत देशको भ्रमणमा लैजानेछ । यस्तै उत्कृष्ट दाह्री प्रदर्शन गर्नेलाई वेष्ट वियर्ड घोषणा गरी एट प्लस वा सामसुङको एट एज मोवाईल उपहार दिईने थापाले बताए । वेष्ट हेयर स्टाइलिस ५/५ जना महिला तथा पुरुषलाई मिडटाउन ग्यालेरिया स्थित हङकङ यूनिक सलुनमा सौख अनुसारको हेयर स्टाईल बनाउने अवसर दिने, वेष्ट डे«स महिलाहरु मध्येबाट उत्कृट १० जनालाई मिडटाउन स्थित क्लाउड नाइनमा दशहजार बराबरको सपिङ भौचर उपलब्ध गराइनेछ । कर्यक्रममा राष्ट्रिय स्तरका डिजे कलाकारहरु आउनेछन् ।
दुई चरणमा हुने कार्यक्रमका लागि टिकटको व्यवस्था गरिएको प्रालिका उपाध्यक्ष धिरज थापाले बताए । उनका अनुसार पहिलो चरणमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म १ हजार रुपैयाँको टिकट छ भने ७ बजेदेखि सञ्चालन हुने दोश्रो चरणको कार्यक्रमका लागि २ हजार रुपैयाँको टिकट छ । रातिको टिकटमा वेलकम ड्रिंक्सको समेत ब्यवस्था गरिएको छ ।
१२ हजार रुपैयाँ दरको टिकट लिएर बाहिरी जिल्लाबाट आए दुईजनालाई एकतर्फी यातायात सुविधा, वेलकम ड्रिङ्स, विहानको ब्रेकफाष्ट, फेवातालमा बोटिङ र उच्च स्तरीय होटलमा बासको समेत ब्यवस्था मिलाईएको छ । कार्यक्रममा २ हजार ५ सय भन्दा बढी सहभागी हुने आयोजकको अनुमान छ । त्यसमध्ये २ सय जना विदेशी मात्रै हुनेछन् । कार्यक्रमको आम्दानीमध्ये ५ प्रतिशत महाविर पुनले सुरु गरेका आविष्कार केन्द्रलाई सहयोग गर्ने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु