पोखरा सिम्पानीका पहारीको ज्यान गयो
गण्डक न्युज पोखरा, १६ फागुन / पोखराको जिरोकिलोमिटरदेखि बिन्दवासिनीसम्म चार लेनको सडक बनिसक्यो । यस क्षेत्रमै सबैभन्दा आकर्षक फराकिलो उक्त सडकखण्डमा सडक मात्र बन्यो तर बीचमा पर्ने फिर्के पुल भने उस्तै छ । त्यहाँ एकैपटक दोहोरो सवारी चल्न पनि साँघुरो छ ।
बाटो फराकिलो देखेर तीब्र गतिमा गुड्ने सवारीहरु पुल आउने बित्तिकै बीच लेनतर्फ जानुपर्ने हुन्छ तर फराकिलो सडकमा तीब्र गतिमा गुडेका सवारी नियन्त्रण गुमाउँछन् अनि खोलामा खस्छन् । लगातार दुर्घटना भईरहेको छ ।
मंगलबार मात्रै एक जनाको ज्यान गयो । मंगलबार राती साढे ११ बजे ग ११ प ६१२३ नम्बरको मोटरसाइकल पुलमा ठक्कर खाँदा चालक पोखरा १ सिम्पानी बस्ने २९ वर्षिय ऋषिकेश पहारीको मुत्यु भएको हो । घाइते पहारीको उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकको पछाडी बसेका पोखरा २५ हेम्जाका २८ बर्षिय बिमल थापा घाइते छन् । उनलको हात, खुट्टा र शरिरमा चोट लागेको र अवस्था गम्भिर रहेको बताईन्छ ।
यस्तै, गत पुस १० गते राति पनि सोही पुलमा दुर्घटना हुदाँ तिलक बहादुर थापाको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । थापाले चलाएको बा ३९ प ३०१२ नम्बरको बाइक दुर्घटना हुँदा घाईते भई उपचारको क्रममा मृत्यु भएको उनले बताए । उनले पछिल्लो तीन महिनामा यो क्षेत्रमा ४० भन्दा बढि साना ठुला दुर्घटना भएको बताए ।

यसअघि, फिर्केको पुलमा कार्तिक १९ गते मोटरसाइकल दुर्घटना भयो । ग ५ प ४८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा दुर्घटना हुँदा पोखरा लेखनाथ महानगरपालिका २४ कास्कीकोटका ३२ बर्षिय कृष्ण प्रसाद सुबेदी गम्भिर घाईते भए । उनलाई उपचार गर्न काठमाण्डौ नै लैजानुपरेको थियो । उनको टाउकोमा गम्भिर चोट लाग्यो । खानेपानीको पाईप नै फुटेको थियो ।

ठ्याक्कै एक महिनापछि मंसिर १९ गते सोहि स्थानमा मोटरसाईकल दुर्घटना भयो । ग ६ प ३५१९ नम्बरको पल्सर मोटरसाईकल बेलुकी सिधै खोलामा खस्यो । मोटरसाईकल कामै नलाग्ने गरी क्षतविक्षत भयो । चालकलाई सहारा हस्पिटल लगिएकोमा त्यसपछि सम्पर्कमा आएनन् ।

पुल नजिकै घर भएका पत्रकार कञ्चन थापाले कार्तिक १९ र मंसिर १९ मा सचित्र घटनाबारे जानकारी गराईन् । उनले सरोकारवालालाई ध्यानाकर्षण गराउँदै यसअघि पनि जिप खसेको जनाईन् । आफूलाई ट्याग गरिएको पोष्टमा पोखरा ५ वडाअध्यक्ष धनबहादुर नेपालीले पहिलो कमेन्ट नै गरेर तत्काल समस्या समाधानमा जुट्ने लेखेका छन् । तर खै त ? पोखरा लेखनाथ महानगरपालिका किन बेखबर छ ?

पोखरा जेसिजका पूर्व अध्यक्ष नारायण शर्माले सडक बत्तीमै जोड दिएका छन् । दीपक प्रसाद कोईरालाले ओभर स्पिडका कारण यस्तो घटना भएको टिप्पणी गरेका छन् । शिक्षिका गौरी तमु, पत्रकार शिव दाइ, आस्था न्यौपाने, रामचन्द्र लामिछाने लगायतले तुरुन्त ध्यानाकर्षण होस् भनी कमेन्ट गरेका छन् ।
पोखरा बाग्लुंग हाईवेमा साँघुरो पुल र राति अँधेरो हुने भएका कारण दुर्घटना हुने गरेको स्थानीयले बताए । उनीहरुले रात्री समयमा सडक बत्तीको माग गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?