गण्डक न्युज पोखरा, १६ फागुन / रंगहरुको पर्व फागुपूर्णिमा अर्थात् होली । एकआपसमा रंग लगाई मनाईदैछ । पछिल्लो समय प्रहरी भने कडा रुपमा प्रस्तुत भएको छ । यो पटक पनि उच्छ्रंखल गतिविधि हुन नदिन भन्दै कास्कीमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
होलीको दिनमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, जर्वजस्ती रंग अविर दल्ने र अमर्यादित कार्य गर्नेहरुलाई पक्राउ गरि कारवाही गरिने कार्यालयका प्रहरी नायव उपरिक्षक खड्कवहादुर खत्रीले बताए ।
होलीको दिनमा बिहानवाट नै बजारका विभिन्न ठाउँहरुमा मादक पदार्थ सेवन गरे नगरेको चेक जाँच गरिने समेत उनले वताए । ‘उच्छ्रंखल गतिविधिहरु हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ । पोशाक तथा सादा ड्रेसमा समेत प्रहरी परिचालन हुन्छन्’, खत्रीले भने – ‘मादक पदार्थ सेवन गरेर होहल्ला गर्नेहरुलाई सार्वजनिक अपराध ऐन अनुसार कसुर बमोजिम कारवाही हुन्छ ।’

गतवर्ष होलीमा रमाउँदै डब्लुआरसीका विद्यार्थीहरु
जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलनमार्फत प्रहरी संगठनबाट प्राप्त परिपत्रको आधारमा होलीका दिन वडा प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यलय र ग्रामीण भेगका प्रहरीले संभावित घटना हुन नदिन बिशेष सतर्कता अपनाएको बताइएको छ।
सुरक्षा योजना अनुसार होलीका दिन बिहिबार बिहानैदेखि प्रहरीको मोटरसाइकल गस्ती समेत हुने जनाईएको छ । डीएसपी खत्रीका अनुसार बालबालिकाहरु समेतले फागु खेल्ने निहुँमा जथाभावी गरे उनीहरुलाई कारवाही गरिनेछ।
होलीका दिन सांस्कृतिक कार्यक्रमसमेत हुने भएकाले पोखराको लेकसाइडलाई बिशेष फोकस गरेर प्रहरीले आफ्नो सुरक्षा योजना बनाएको छ। कास्कीको जिल्ला प्रहरी कार्यालय होली पर्वलाई शिष्ट, सभ्य र मर्यादित बनाउन ब्यानरसहितको जनचेतनामूलक ¥याली निकाल्ने तयारीमा छ। होली पर्वलाई मर्यादित रुपले मनाउन प्रहरीले आफ्नै गाडीमा मंगलबारदेखि नै पोखरामा माइकिङ गरेको जनाएको छ।

पोखरामा विदेशी पर्यटकलाई पनि उस्तै होली लाग्छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु