गण्डक न्युज पोखरा, १६ फागुन / रंगहरुको पर्व फागुपूर्णिमा अर्थात् होली । एकआपसमा रंग लगाई मनाईदैछ । पछिल्लो समय प्रहरी भने कडा रुपमा प्रस्तुत भएको छ । यो पटक पनि उच्छ्रंखल गतिविधि हुन नदिन भन्दै कास्कीमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
होलीको दिनमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, जर्वजस्ती रंग अविर दल्ने र अमर्यादित कार्य गर्नेहरुलाई पक्राउ गरि कारवाही गरिने कार्यालयका प्रहरी नायव उपरिक्षक खड्कवहादुर खत्रीले बताए ।
होलीको दिनमा बिहानवाट नै बजारका विभिन्न ठाउँहरुमा मादक पदार्थ सेवन गरे नगरेको चेक जाँच गरिने समेत उनले वताए । ‘उच्छ्रंखल गतिविधिहरु हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ । पोशाक तथा सादा ड्रेसमा समेत प्रहरी परिचालन हुन्छन्’, खत्रीले भने – ‘मादक पदार्थ सेवन गरेर होहल्ला गर्नेहरुलाई सार्वजनिक अपराध ऐन अनुसार कसुर बमोजिम कारवाही हुन्छ ।’
जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलनमार्फत प्रहरी संगठनबाट प्राप्त परिपत्रको आधारमा होलीका दिन वडा प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यलय र ग्रामीण भेगका प्रहरीले संभावित घटना हुन नदिन बिशेष सतर्कता अपनाएको बताइएको छ।
सुरक्षा योजना अनुसार होलीका दिन बिहिबार बिहानैदेखि प्रहरीको मोटरसाइकल गस्ती समेत हुने जनाईएको छ । डीएसपी खत्रीका अनुसार बालबालिकाहरु समेतले फागु खेल्ने निहुँमा जथाभावी गरे उनीहरुलाई कारवाही गरिनेछ।
होलीका दिन सांस्कृतिक कार्यक्रमसमेत हुने भएकाले पोखराको लेकसाइडलाई बिशेष फोकस गरेर प्रहरीले आफ्नो सुरक्षा योजना बनाएको छ। कास्कीको जिल्ला प्रहरी कार्यालय होली पर्वलाई शिष्ट, सभ्य र मर्यादित बनाउन ब्यानरसहितको जनचेतनामूलक ¥याली निकाल्ने तयारीमा छ। होली पर्वलाई मर्यादित रुपले मनाउन प्रहरीले आफ्नै गाडीमा मंगलबारदेखि नै पोखरामा माइकिङ गरेको जनाएको छ।
सम्बन्धित खबर
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग