पोखरा, १६ फाल्गुण । पोखरा विश्वविद्यालयमा बिद्यार्थीहरुले नै तोडफोड गरेका छन् । उनीहरुले कर्मचारीलाई समेत कार्यालय भित्र थुने । निर्धारित समयमा स्ववियु चुनाबको माग गर्दै आएका ३ बिद्यार्थी संगठन नेबि संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले मागको सुनुवाइ नभएको भन्दै तोडफोड सहित कर्मचारीलाई कार्यालय भित्र थुनेका हुन् ।
बिद्यार्थीहरुले केन्द्रीय कार्यालयको गेट बन्द गरि कर्मचारीलाई थुनेका हुन् । तोडफोडबाट केन्द्रीय कार्यालय भवनको सिसा र गमला फुटेका छन् ।
गतवर्ष फागुन २२ गते विश्वविद्यालय समक्ष सम्पूर्ण राजनीतिक दल समर्थीत विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियन गठन गरिनुपर्ने माग राख्दै आएका थिए ।
एक वर्ष वितिसक्दापनि विश्वविद्यालयले चासो नदेखाएको भन्दै पटक पटक ध्यानाकर्षण गराएका थिए । आज दिउँसो २ बजे विश्वविद्यालयका भीसी र रजिष्टार अफिसरसँग बैठकमा बस्ने सहमति भएको थियो । विद्यार्थीलाई बैठकमा बोलाएर भीसी र रजिष्टार स्वयम् उपस्थित नभए पछि विद्यार्थी तोडफोडमा उत्रेका हुन् ।
यसैबीच, अाईतबार बैठक बस्ने सहमति भएपछि थुनिएका कर्मचारी बाहिरिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु