गण्डक न्युज पोखरा, १८ फागुन / पोखरा लेखनाथ महानगरपालिका वडा नं. १८, गुफाडाँडा एक महिला मृत फेला परेकी छन् । स्थानीय जंगल बीचमा रहेको एक टिनको छाप्रोमा सडेगलेको अवस्थामा भेटिएको महिलाको सनाखत हुन सकेको छैन ।
शुक्रबार बिहान साढे ८ बजे स्थानीयले प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय बैदामबाट टोली गएको कार्यालय प्रमुख डिएसपी नविन कार्कीले गण्डक न्युजलाई जानकारी दिए । उनका अनुसार शव चिन्न नसक्ने गरी गलिसकेको छ ।
स्थानीयलाई उद्दृत गर्दै डिएसपी कार्कीले भने – ‘गुफा डाडाँ जंगलमा रेस्टुरेन्ट खोल्ने उद्देश्यले बनाएको टहरो रहेछ । दुई कोठे टीनको टहरोमा गन्ध आएपछि स्थानीयले खबर गरे । ’ शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ ।
स्थानीयले गाउँमा मागी हिँड्ने, मानसिक सन्तुलन गुमाएकी महिला आएको बताएका छन् । महिलाको कपडा समेत त्यस्तै प्रकृतिको रहेकाले सोहि महिला हुनसक्ने अनुमान गरिएको छ ।
अहिलेसम्म नाम थर वतन नखुलेकी महिलाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको । छ ।
सम्बन्धित खबर
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पोखराका १६ वर्षीय बालक सहपाठीलाई ब्ल्याकमेल गरेपछि पक्राउ
राष्ट्रिय युवा संघ गण्डकी इञ्चार्जमा अर्जुन ‘निर्जन’, कास्की इञ्चार्जमा विक्रम
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका