पाेखरामा प्याराग्लाइडिङ दुर्घटना, दुई घाईते (२ वर्षमा कति घटना भए ?)

पाेखरामा प्याराग्लाइडिङ दुर्घटना, दुई घाईते (२ वर्षमा कति घटना भए ?)

fewa-paragliding

गण्डक न्युज  पाेखरा, १८ फागुन / पोखरामा शुक्रबार दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

प्याराग्लाइडिङ अवतरण गर्ने स्थान खपौंदीमा भएको साे दुर्घटनामा प्यारा पाइलट र एक जापानी पर्यटक घाइते भएका छन् ।

घाईते दुवै खतरामुक्त रहेकाे कास्की प्रहरीले जनाएकाे छ । जापानी नागरिक सामान्य उपचार पछि डिस्चार्ज भैसकेका छन् भने अर्का घाईते पाइलटकाे ढाडमा चोट लागेको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पाेखरामा पटक पटक प्याराग्लाइडिङ दुर्घटना हुने गरेकाे छ । प्याराग्लाईडिङ उडानका लागि विश्वकै उत्कृष्ट गन्तब्य उन्मुख पोखरामा समय समयमा यस्तो घटना भईरहेका छन् ।

यसअघि, यही फागुन २ गते भारतीय प्याराग्लाइडरकाे ज्यान गएकाे थियाे ।

गत असारमा पोखरा लेखनाथ ३३ घर भएका प्रभात सुवेदीको ज्यान गएको थियो । त्यसअघि, अघिल्लो वर्ष माघको दोस्रो साता बेलायती नागरिक मिचेल पिटर र २०७३ मै कार्तिक दोस्रो साता स्याङ्जा स्वरेकमा लेकसाईडका शैलेष पहारीको निधन भएको थियो ।

गत वर्ष पुसमा स्याङ्जा कालिकाकोटमा सुडानी नागरिक टन सोडन ग्रीन भीरमा अड्किँदा गम्भिर घाईते हुन पुगेका थिए । गत असोजमा फेवातालमा खसेका पाँचजना यात्रु र छ जना प्याराग्लाईडिङ पाइलटलाई उद्धार गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds