ट्रयाक्टर दुर्घटनामा युवकको मृत्यु (प्रदेश नं. ४ का जिल्लाहरुमा कहाँ के भए ? हेर्नुहोस् )

ट्रयाक्टर दुर्घटनामा युवकको मृत्यु (प्रदेश नं. ४ का जिल्लाहरुमा कहाँ के भए ? हेर्नुहोस् )

tractor

File Photo

लमजुङ, २० फाल्गुन / सुन्दरबजार नगरपालिका-६, पुरानोडिही बरेटारमा ना.५.त. ६७२७ न.को खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

सुन्दरबजार नगरपालिका-७, सातबिसेका २१ वर्षीय रवीन बीसीको आइतबार दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफैंले चलाएको ट्रयाक्टर बाटोबाट पल्टिएर करिब ६ मिटर तल खसेर दुर्घटना हुँदा बेसीको मृत्यु भएको हो ।

ट्राफिक प्रहरीका अनुसार बरेटारबाट नारायणस्थानतर्फ जाँदै गरेको ना५त ६७२७ नम्बरको ट्रयाक्टर आइतबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा चालक बीसी गम्भीर घाइते भएका थिए । सुन्दरबजारस्थित कर्मदा अस्पतालमा उपचारको क्रममा बीसीको मृत्यु भएको ट्राफिक प्रहरी लमजुङले जनाएको छ ।

४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

लम्जुङ : छतबाट खसि १ बालिका घाइते

मिति २०७४।११।२० गते अन्दाजी १३:४० बजे बेनी न.पा. ८ दुलालटोल स्थित भु.पु. हवल्दार सुर्य ब. तामाङ को घरमा डेरा गरि बस्ने सोहिस्थान घर भएका सुवास बि.क. को छोरी वर्ष-४ कि सुप्रिया बि.क. खेल्ने क्रममा एक तले घरबाट खस्न गई तत्काल उपचारको लागि जिल्ला सामुदायिक अस्पताल लगिएकोमा थप उपचारका लागी १५:१२ पोखरा मणिपाल अस्पताल रिफर गरिएको छ ।

म्याग्दी : घरमा आगलागि

मिति २०७४/११/१९ गते साँझ अन्दाजी २०:०० बजेको समयमा जिल्ला म्याग्दी धवलागिरी गाउँपालिका वडा नम्बर ०७ मच्छिम बस्ने वर्ष ८२ को सष्ट लाल सुनारको २० हात लम्बाई १३ हात चौडाई भएको ढुङगा माटोले बनेको ढुङगाको छानो भएको २ तले कच्चि घरमा खाना पकाउने क्रममा अचानक आगोलागि हुदा घरमा रहेका लत्ताकपडा, अन्नपात,भाडाबर्तन सम्पुर्ण रुपमा जलि नष्ट भएको छ । उक्त विषयमा जानकारी प्राप्त हुनसाथ तत्कालै प्रहरी टोली खटिई अनुसन्धान गर्दा उक्त आगलागि बाट ३ लाख बराबरको क्षति भएको पाईएको छ । आगो पुर्णरुपमा नियन्त्रण,अन्य मानविय क्षति नभएको ।

कास्की : प्रदेश नामाकरण सम्बन्धि ज्ञापन पत्र

मिति २०७४।११।२० गते अन्दाजी १०:४० बजेको समयमा पोखरा लेखनाथ महानगरपालिका ८ सिर्जनाचोक स्थित रहेको तमुवान राष्ट्रिय परिषदको कार्यालयबाट ४ नं. प्रदेशलाई तमुवान प्रदेश नामाकरण गर्ने घोषणाको माग राखी तमुवान राष्ट्रिय परिषद्का केन्द्रिय अध्यक्ष रेशम गुरुङको नेतृत्वमा २०/२५ जनाको संख्यामा ज्ञापन पत्र लिई पो.ले.म.न.पा.३ नदीपुर स्थित ४ नं.प्रदेशको संसद सचिवालयमा बुझाएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ