गण्डक न्युज, पोखरा, २१ फागुन / पोखरा लेखनाथ महानगरपालिका २६ विजयपुरमा आइतबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
ग ११ प ३६४५ नम्बरको बाइकमा सवार दुई जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । तीब्र गतिमा गुडेका दुवै सवारी एकआपसमा ठक्कर खाएका थिए । ठक्करबाट दुई जनामध्ये एकजनाको घटनास्थलमै जयान गएको थियो । अर्का गम्भिर घाईतेलाई अस्पताल लगिएकोमा केहि छिन पछि नै मृत्यु भएको हो ।

पल्सर बाइकको अगाडिको भाग कामै नलाग्ने गरी क्षति भएको छ । ठक्करबाट एकजना मोटरसाईकलमै किचिएका थिए भने अर्को नालीमा बजारिएका थिए ।

तस्विर: विनायक रानाभाट
यस्तै, जिरोकिमीदेखि बाग्लुङ बसपार्क सडकखण्डमा आईतबार बेलुकी भएको दुर्घटनामा मोटरसाइकल मा क्षति पुगेको छ ।भने चालक घाईते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार सडकमा उभिएको छाडा चौपायाका कारण मोटरसाईकल दुर्घटना भएको थियो । ग५प४३६८ नम्बरको मोटरसाईकल क्षतविक्षत भएको छ । चालकलाई हस्पिटल लगिएको थियो । प्रहरी एक घण्टा ढिलो पुगेको स्थानीयको गुनासो छ ।

पोखरामा पछिल्लो समय सवारी दुर्घटनाको संख्या बढेको छ । विजयपुर नजिकै चाउथेमा होलीको दिन चार गाडी आपसमा ठोक्किएको थियो भने त्यही राति हेम्जामा एक युवकको स्कुटर दुर्घटनामा ज्यान गएको थियो ।
तस्विरहरु: पत्रकार शिवराज बस्ताकोटीको फेसबुकबाट
सम्बन्धित खबर
विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण
स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले
मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन