अपडेट: पोखरा विजयपुरको दुर्घटनामा रुपन्देही र स्याङ्जाका दुई प्रहरीको मृत्यु, ड्युटीमै थिए

अपडेट: पोखरा विजयपुरको दुर्घटनामा रुपन्देही र स्याङ्जाका दुई प्रहरीको मृत्यु, ड्युटीमै थिए

bijayapur acc

रञ्जन अधिकारी पोखरा, २१ फागुन / पोखराको डाँडाको नाक एरियामा चोरी केसमा पक्राउ परेकाले अरु पनि मुछेपछि वडा प्रहरी कार्यालय बैदामबाट दुई प्रहरी जवान सादा पोशाकमा ड्युटीमा खटिए । जवानद्वय प्रदीपकुमार यादव र शुशिल बानियाँ डाँडाकोनाक क्षेत्र सर्च गरेर फर्कदै थिए । विजयपुर आईपुग्दा दुर्घटनामा परे र दुवैले ज्यान गुमाए ।

पोखरा लेखनाथ महानगरपालिका २६ बिजयपुरमा भएको सो सवारी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । आइतबार राति १०ः०५ बजे बागलुङ–काठमाण्डौं चल्ने संयुक्त यातायातको बा४ख ५७५८ नम्बरको रात्री बसले ग ११ प ३६४५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिल्ला ट्राफिक कार्यालय, कास्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा रुपन्देही छिपागढ घर भएका ३० वर्षीय प्रदीप कुमार यादव र स्याङ्जा फेदीखोला २ गाउँपालिका, का २७ वर्षकै सुशिल बानियाँको ज्यान गएको हो । यादव २०७३ जेठ २८ देखि वडा प्रहरी कार्यालय बैदाममा कार्यरत रहेको र बानियाँ २०७३ मंसिर ५ गते वैदाममा आएको कार्यालय प्रमुख डिएसपी नविन कार्कीले गण्डक न्युजलाई जानकारी दिए ।

दुर्घटनापछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पु¥याइएको घाइते प्रहरी जवानहरुलाई अस्पतालले पुग्ने बित्तिकै मृत घोषणा गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार एक जनाको घटनास्थलमै ज्यान गईसकेको थियो भने अर्का एक जना पनि अस्पताल पुग्नेबित्तिकै मृत्यु भएको हो । ड्युटीकै क्रममा पोखरा आइरहेका जवानलाई काठमाडौंतर्फ जादैं गरेको ओभर स्पिडमा रहेको बसले विपरित दिशामा गएर मोटरसाइकललाई ठक्कर दिएको देखिएको प्रहरीले जनाएको छ ।

बस र बसचालक पर्वतका डासु गिरीलाई डाँडाको नाक प्रहरीले तुरुन्त नियन्त्रणमा लिएको कार्यालय प्रमुख डिएसपी गोविन्द पुरीले जानकारी दिए । प्रहरीद्वयको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ । पोस्टमार्टमपछि उनीहरुको शवलाई परिवारलाई बुझाउने अस्पतालले जनाएको छ ।

पल्सर बाइकको अगाडिको भाग कामै नलाग्ने गरी क्षति भएको छ । ठक्करबाट एकजना मोटरसाईकलमै किचिएका थिए भने अर्को नालीमा बजारिएका थिए ।

तस्विर: विनायक रानाभाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ