पोखरामा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ३ जना पक्राउ

पोखरामा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ३ जना पक्राउ

kaski-traffic-police

पोखरा, २३ फागुन । सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने तीन जना पोखराबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएराति चेकिंङमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना र बुधवार दिउसो चेकजाँचका क्रममा घुस दिन खोज्ने चालक र सहचालक गरी दुई जना पक्राउ परेका हुन् ।

मंगलवार राती १० बजे दैनिक सुरक्षा चेकजाँचका क्रममा पोखराको पृथ्बीचोकमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएका एक जना पक्राउ परेका थिए । बा७९प १०५८ नम्बरको हर्नेट मोटरसाईकलमा सबार पोखरालेखनाथ महानगरपालिका बडा नं १७ बिरौटाका २६ बर्षीय अनिल थापाले चेकिङको क्रममा खटिएका प्रहरीलाई एक हजार रुपैया घुस दिई मिलाई दिनु आग्रह गर्दा पक्राउ परेका हुन् । उनलाई चेकिंङमा खटिएका प्रहरीले मोटरसाईकल सहित तत्काल पक्राउ गरेका थिए । उनीमाथि सार्वजनिक अपराध अन्तरगत मुद्धा चलाइएको प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै बुधवार दिउसो साढे ४ बजे पोखरा लेखनाथ ३१ नहरचोक स्थित तालचोक बेगनास सडक खण्डमा सिआरभी सिसुवाबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा घुस दिन खोज्ने चालक र सहचालकलाई पक्राउ गरेको छ ।

कोत्रेबाट ढुंगा लिई बेगनास तर्फ आउँदै गरेको ग १ ख ३०२४ नं को मिनी ट्रकका चालक सोलुखुम्बु वाकु गाउपालिका वडा नं ८ घर भई हाल पोखरा लेखनाथ १० अस्पतालचोक बस्ने बर्ष ५० का भक्त बहादुर मगर र मिनी ट्रकका सहचालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउपालिका वडा नं ५ घर भई हाल पोखरा लेखनाथ १४ चाउथे बस्ने २३ बर्षीय मन कुमार जोशीलाई घुस दिन खोज्दा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । ट्रकको सवारी ईजाजत पत्र (रुट परमिट) भित्र दुई सय रुपैया राखेर मिलाई दिनु आग्रह गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

ट्रकका चालक भक्त बहादुरले सवारी चालक अनुमति पत्र नभएका सहचालक जोशीलाई ट्रक चलाउन दिएका थिए । ड्युटीमा खटिएका प्रहरीले जोशीको लाइसेन्स माग्दा नभएपछि घुस दिएर मिलाउन भनेका थिए । उनीहरु दुवैजनालाई ट्रक सहित पक्राउ गरी ईलाका प्रहरी कार्यालय शिसुवामा राखिएको छ ।

-पिस पोखराबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ