सुन्दर कुमार थकाली मुस्ताङ, १२ फागुन / हिमाली जिल्ला मुस्ताङमा चिसो घटेपछि हवाई यात्राबाट जोमसोम पुग्नेहरुको संख्या बढेको छ। हिउँदको २ महिना मुस्ताङमा न्यून पर्यटक भित्रिए पनि अहिले जोमसोममा चहलपहल ह्वात्तै बढेको छ ।
चिसो मौसमको समाप्तीसंगै बशन्तऋतु सुरु भएपछि भारतीय पर्यटकको संख्यामा अपेक्षाकृत बृद्धि भएको नागरिक उड्यन कार्यालय जोमसोमले जनाएको छ । यो मौसममा नयाँ पालुवा पलाउने र चारैतिर हरियाली छाउने भएकाले पर्यटक घुमफिरका लागि उपयुक्त समय भएको कार्यालयको भनाई छ ।
हिउँदयाममा १ मात्र उडान भर्दै आएको तारा एयरलाईन्सको जहाजले गतहप्तादेखि दैनिक पाँच उडान गरिरहेको छ। जसमा अधिकांश भारतीय छन् । वर्षायामको सुरुआत संगै जोमसोमको नियमित उडानको संख्या बढ्न सक्ने बताएको छ ।
तारा एयरलाईन्सले पोखरा देखि जोमसोमको नियमित उडान गर्दै आएको छ । बिगतमा सिम्रिक एयरलाईन्स र नेपाल वायुसेवा निगमले जोमसोमको उडान गरेपनि हाल भने नियमित छैनन्।

नागरिक उड्यन कार्यालयका अनुसार निकट भविष्यमैसमिट एयरलाईन्स,नेपाल वायुसेवा निगम र सिता एयरलाईन्सले पनि सेवा संञ्चालन गेर्नेछन्।
जोमसोमका लागि उडान गर्न सक्ने भौगोलिक मापदण्ड अनुसारको दक्ष क्याप्टेन अभावका कारण उडान गर्न नसकेका हुन् । जोमसोम नागरिक उड्यन कार्यालयका वरिष्ठ अधिकृत बिशाल वरुण(एयर ट्राफिक कन्ट्रोल)ले भौगोलिक हिसाबले मुस्ताङको हवाई उडान ५ औं जोखिम उडान क्षेत्रको रुपमा रहेको बताए । उनका अनुसार नेपालका उच्च हवाई जोखिम क्षेत्रहरुमा सोलुखुम्बुको लुक्ला ,मुगुको रारा, हुम्लाको सिमीकोट,जुम्लाको जुम्ला र मुस्ताङको जोमसोम बिमानस्थल हुन् ।
यी क्षेत्रमा बाक्लो हुस्सु लाग्ने,एकतर्फी अवतरण,मौसम प्रतिकुल हुने र बेजोडको हावा चल्ने हुनाले जोखिम क्षेत्रको रुपमा पहिचान गरिएको अधिकृत वरुणले जानकारी दिए ।
चालुवर्ष जनवरीमा ७० नट्स (पलयतक) सम्मको हावा मापन गरिएको छ ।यस प्रकारको हावा चल्दा पुरै उडान प्रभावित हुने अधिकृत वरुणको भनाई छ । ३ वर्षअघि मुस्ताङकै इतिहासमा ठुलो हावाहुरी चलेको नागरिक उड्डयनको रेकर्डमा उल्लेख छ ।जुन समय १ सय १ नट्स हावा चलेको थियो । यो वर्ष जलवायु परिवर्तनका कारण हिउँ नपरेका कारण डिसेम्बर र जनवरी महिनामा उडान प्रभावित नभएको जोमसोम नागरिक उड्यनले बताएको छ।

मुस्ताङ आउने बिदेश पर्यटकले २ महिना अघिनै हवाई टिकट बुकिङ गर्ने भएकाले आन्तरिक पर्यटकले हवाई यात्रा गर्ने अवसरबाट बन्चित हुनु परेको नागरिक उड्यन कार्यालयले बताएको छ । भारतीय तथा तेश्रो मुलुकका पर्यटकले दोहोरो हवाई टिकट काटेर मुस्ताङ आउने भएकाले आन्तरिक पर्यटकलाई हवाई टिकटमा समस्या देखिएको हो ।
तारा एयरलाईन्सको एक मात्र सेवा र अन्य एयरलाईन्समा जहाजको संख्या कम भएकाले आन्तरिक पर्यटक तथा चिसो छल्न बेशी झरेका स्थानीयले समेत सडकमार्गकै यात्रा गर्नुपर्ने बाध्यता छ । हाल दिनमा १ सयभन्दा बढी आन्तरिक पर्यटक मुस्ताङ आउने गरेका छन् ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह