जहाजबाट जोमसोम पुग्ने पर्यटक चिसो घटेपछि बढे

जहाजबाट जोमसोम पुग्ने पर्यटक चिसो घटेपछि बढे

jomsom air

सुन्दर कुमार थकाली मुस्ताङ, १२ फागुन / हिमाली जिल्ला मुस्ताङमा चिसो घटेपछि हवाई यात्राबाट जोमसोम पुग्नेहरुको संख्या बढेको छ। हिउँदको २ महिना मुस्ताङमा न्यून पर्यटक भित्रिए पनि अहिले जोमसोममा चहलपहल ह्वात्तै बढेको छ ।

चिसो मौसमको समाप्तीसंगै बशन्तऋतु सुरु भएपछि भारतीय पर्यटकको संख्यामा अपेक्षाकृत बृद्धि भएको नागरिक उड्यन कार्यालय जोमसोमले जनाएको छ । यो मौसममा नयाँ पालुवा पलाउने र चारैतिर हरियाली छाउने भएकाले पर्यटक घुमफिरका लागि उपयुक्त समय भएको कार्यालयको भनाई छ ।

हिउँदयाममा १ मात्र उडान भर्दै आएको तारा एयरलाईन्सको जहाजले गतहप्तादेखि दैनिक पाँच उडान गरिरहेको छ। जसमा अधिकांश भारतीय छन् । वर्षायामको सुरुआत संगै जोमसोमको नियमित उडानको संख्या बढ्न सक्ने बताएको छ ।

तारा एयरलाईन्सले पोखरा देखि जोमसोमको नियमित उडान गर्दै आएको छ । बिगतमा सिम्रिक एयरलाईन्स र नेपाल वायुसेवा निगमले जोमसोमको उडान गरेपनि हाल भने नियमित छैनन्।

नागरिक उड्यन कार्यालयका अनुसार निकट भविष्यमैसमिट एयरलाईन्स,नेपाल वायुसेवा निगम र सिता एयरलाईन्सले पनि सेवा संञ्चालन गेर्नेछन्।

जोमसोमका लागि उडान गर्न सक्ने भौगोलिक मापदण्ड अनुसारको दक्ष क्याप्टेन अभावका कारण उडान गर्न नसकेका हुन् । जोमसोम नागरिक उड्यन कार्यालयका वरिष्ठ अधिकृत बिशाल वरुण(एयर ट्राफिक कन्ट्रोल)ले भौगोलिक हिसाबले मुस्ताङको हवाई उडान ५ औं जोखिम उडान क्षेत्रको रुपमा रहेको बताए । उनका अनुसार नेपालका उच्च हवाई जोखिम क्षेत्रहरुमा सोलुखुम्बुको लुक्ला ,मुगुको रारा, हुम्लाको सिमीकोट,जुम्लाको जुम्ला र मुस्ताङको जोमसोम बिमानस्थल हुन् ।

यी क्षेत्रमा बाक्लो हुस्सु लाग्ने,एकतर्फी अवतरण,मौसम प्रतिकुल हुने र बेजोडको हावा चल्ने हुनाले जोखिम क्षेत्रको रुपमा पहिचान गरिएको अधिकृत वरुणले जानकारी दिए ।

चालुवर्ष जनवरीमा ७० नट्स (पलयतक) सम्मको हावा मापन गरिएको छ ।यस प्रकारको हावा चल्दा पुरै उडान प्रभावित हुने अधिकृत वरुणको भनाई छ । ३ वर्षअघि मुस्ताङकै इतिहासमा ठुलो हावाहुरी चलेको नागरिक उड्डयनको रेकर्डमा उल्लेख छ ।जुन समय १ सय १ नट्स हावा चलेको थियो । यो वर्ष जलवायु परिवर्तनका कारण हिउँ नपरेका कारण डिसेम्बर र जनवरी महिनामा उडान प्रभावित नभएको जोमसोम नागरिक उड्यनले बताएको छ।

मुस्ताङ आउने बिदेश पर्यटकले २ महिना अघिनै हवाई टिकट बुकिङ गर्ने भएकाले आन्तरिक पर्यटकले हवाई यात्रा गर्ने अवसरबाट बन्चित हुनु परेको नागरिक उड्यन कार्यालयले बताएको छ । भारतीय तथा तेश्रो मुलुकका पर्यटकले दोहोरो हवाई टिकट काटेर मुस्ताङ आउने भएकाले आन्तरिक पर्यटकलाई हवाई टिकटमा समस्या देखिएको हो ।

तारा एयरलाईन्सको एक मात्र सेवा र अन्य एयरलाईन्समा जहाजको संख्या कम भएकाले आन्तरिक पर्यटक तथा चिसो छल्न बेशी झरेका स्थानीयले समेत सडकमार्गकै यात्रा गर्नुपर्ने बाध्यता छ । हाल दिनमा १ सयभन्दा बढी आन्तरिक पर्यटक मुस्ताङ आउने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ