पोखरा के-को स्मार्ट सिटी? फेवाताल आकार बढाउने काममा यस्तो बाधा आइलाग्यो:पहारी (हेर्नुहोस् भिडियो)

पोखरा के-को स्मार्ट सिटी? फेवाताल आकार बढाउने काममा यस्तो बाधा आइलाग्यो:पहारी (हेर्नुहोस् भिडियो)

1

राजिव पहारीको केपी ओली स्टायल
गण्डक न्युज । युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रहँदै प्रदेशसभा सांसदमा निर्वाचित एमाले युवा नेता राजिव पहारी सपथ खाए लगत्तै फेवातालको किनारमा पुगेर एक हप्तामै फेवातालको आकार बढाउने काम सुरु गर्ने उद्घोष गरे तर खै त? उनले प्रयास नगरेका होईन रहेछन् । पोखरामा आयोजित एक कार्यक्रममा मनको बह सबै पोखे ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आयोजना गरेको प्रदेश नं. ४ मा खेल पर्यटनको सम्भावना विषयक कार्यक्रममा उनले हाक्काहाक्की भने– ‘यहाँको ब्युरोक्रेसी भ्रष्ट छ । एक्साभेटर, ट्रक सबै पाईयो । माटो परिक्षणको नाममा कामै अघि बढाउन पाईएन ।’

पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा पहारी पनि आकांक्षी थिए । तर पछि मानबहादुर जिसी उम्मेदवार चुनिए र जिते पनि । मेयर जिसीको मात्र होईन, आफ्नै पार्टी एमालेको घोषणापत्रमा मुख्य कुरा नै पोखरा ‘स्मार्ट सिटी’ बनाउने छ । एमालेकै सांसद पहारीले भने स्मार्ट सिटी बेठीक भनेका छन् । उनले भनेकै कुरा सही लाग्न थाल्यो कि ? नौ महिना पुरा हुन लाग्दा समेत पोखरा स्मार्ट सिटी शब्दले गिज्याईरहेको छ । काम केहि हुनै सकेको छैन ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको भाषण स्टायल रहेका पहारीले पोखरालाई स्मार्ट सिटी बनाउने घोषणा गर्न आवश्यक नै नरहेको बताउँछन् ।

उनले भने – ‘स्मार्ट सिटी, स्मार्ट सिटी, स्मार्ट त आफै हुने हो नि , जिजुबाजेहरुले धान चामल साटासाट गर्थे । त्यसपछि ढक भो, त्यसपछि चाहिँ के भो ? सिक्का भो, त्यसपछि नोट भो, त्यसपछि के भो ? चेक भो, चेकपछि एटिएम कार्ड भो, त्यसपछि क्रेडिट कार्ड भो , अब के के कार्ड हुन्छ । कस्तो बेठीक कुरा पोखरालाई बनाउने भनेको ग्रीन एण्ड क्लिन सिटी हो । त्यो दिशातर्फ हामी लाग्नुपर्छ । अमेरिकामा जे निस्क्यो, नेपाल पोखरा भोलिपल्टै आउँछ । यो स्वतः क्रमश हुने कुरा हो । घोषणा नै गर्नै पर्दैन । अहिले हिँड्दा हिँड्दै ढोका खुल्छ, बाथरुममा पानी स्वार्ररर आफै आउँछ । ’

प्रदेश नं. ४ विश्वमै उत्कृष्ट हावापानी रहेको क्षेत्र रहेको उनको भनाई छ । उनले भने ‘फेवातालको चिसो हावा खाँदै माछापुच्छ्रे हेर्दै यहाँ क्रिकेट मैदानबाट ब्याटिङ गरे माछापुच्छ्रेमा ठोकिएर बल फेवातालमा आएर डुबुल्की मार्छ । साहसिक खेलका लागि प्याराग्लाइडिङमा विश्वकै उत्कृष्ट पाँच उत्कृष्ट गन्तव्य पोखरामा फेवाताल हेर्दै, माछापुच्छ्रे फन्को मार्दै यस्तो कतै छ ? विश्वकै १३ औं सुन्दर ताल फेवाताल हेर्नुस् त अहिले ताल पोखरी हुँदैछ, हिमाल पहाड हुँदैछ । पर्यटक अब कसरी आउने ? खेलबाटै पर्यटक तान्ने हो अब ।

कार्यक्रममा उपस्थित उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री रामशरण बस्नेतलाई सम्बोधन गर्दै उनले तत्काल तीन वटा काम गर्न सुझाए । उनले भने ‘खाली जग्गा प्रदेश सरकारले तान्नुपर्यो । रत्न मन्दिर के को बन्द गर्नुपर्यो ? के के न छ जस्तो के बन्द गर्नुपर्यो ? फेवाताल चक्लाउनु पर्यो ।’

सम्बन्धित समाचार:

‘फेवातालको आकार बढाउने काम एक हप्ताभित्र शुरु गर्ने’

कास्कीबाट प्रदेशसभाका नव निर्वाचित सदस्य राजीव पहारीले एक हप्ताभित्र फेवातालको आकार बढाउने काम शुरु गर्ने उद्घोष गरेका छन्।

पहारीले आइतबार सपथ खाएलगत्तै फेवातालमा पुगेर सन्चारकर्मीहरुसंग छोटो प्रतिक्रिया दिदै उनले फेवातालको आकार बढाउने उद्घोष गरेका हुन् । कास्की निर्बाचन क्षेत्र ३ ख बाट प्रदेश ४ का प्रदेशसभा सदस्य पहारीले भने, ‘फेवातालको आकार बढाउने काम एक हप्ताभित्र शुरु गर्छु।’

आफ्नो चुनाबी प्रतिबद्धता अनुसार आजको एक हप्तामा फेवा ताल फराकिलो बनाउनका लागि स्रोतको खोजी भइरहेको भन्दै पहारीले अब रफ्तारमा काम अघि बढ्ने बताए। उनले पत्रकारहरु सगँ फेवातालमा खहेर र हर्पन खोलाले ल्याएको माटो झिक्ने बताए ।

डोजर लगाएर फेवातालमा ल्याएको माटो झिक्ने उनको भनाई थियो । उनले फेवाताललाई ठुलो बनाउनका लागि प्राकृतिक र मानवीय रुपमा अतिक्रमण भएको हटाउने बताए ।

उनले पोखरा लेखनाथ महानगरपालिकासगँ छलफल गरिसेको र डोजर सञ्चालक सँग पनि छलफल गरेर ठुलो पार्ने काम थाल्ने बताए । उनले चुनाब अगाडी फेवाताललाई पाँच गुणा ठुलो बनाउने प्रतिबद्धता गरेका थिए ।

प्रदेश न ४ कै पर्यटनको मुटु फेवाताल बिस्तारै पुरिएकोमा चिन्ता ब्यक्त गर्दै उनले अब बोलीमात्रै होइन व्यवहार र कामले देश समृद्धितिर अघि बढ्ने उनको जिकिर थियो।

फेवातालको संरक्षकत्व लिने भन्दै यसको संरक्षणका निम्ति खुलेका संस्थाहरु सबै सरोकारवालाहरु अब उठ्नुपर्ने भन्दै अब सो काम शुरु गर्ने पूर्ब तयारीमा रहेको जानकारी समेत दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ