किरण श्रेष्ठ तनहुँ, २७ फागुन / तनहुँ सदरमुकाम दमौली बजार नजिक व्यास नगरपालिका वडा नम्बर ३ शान्तिनगरमा ग्याङ फाइट भएको छ।
आइतबार साँझ दुई युवा समूह बिच डरलाग्दो झडप भएको हो । झडपमा ४ जना युवाहरू घाइते भएका छन । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गम्भीर घाइते हुनेमा रिसिङ गाउँपालिका १ झापुटारका विसन थापा र मिलन थापा रहेका छ्न । गम्भीर घाइते थापाद्वय लाई उपचारका लागी पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
त्यसैगरी, व्यास नगरपालिका वडा नम्बर ३ शान्ति नगरका अन्जन पुलामी र समीर बासीमगर सामान्य घाइते रहेको र दमौली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न शंकास्पद ५ जना युवा लाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल वरिपरि बियरका बाेतलहरु फुटेकाे तथा शान्तिनगर जाने बाटोमा रगत देखिएकाे समेत प्रहरीले जानकारी दियो । अहिले राति व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटना के कारणले भयो भन्ने खुलिनसकेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पछिल्लो समय प्रदेश नम्बर ४ को अन्य जिल्लाहरुको तुलनामा तनहुँमा अपराधिक घटना धेरै हुने गरेको छ । तीन साता अघि पनि तनहुँको म्याग्दे गाउँपालिका थर्पुमा एउटा टोले समूहले अर्को टोले समूहमाथी आक्रमण गर्यो । शुक्लागण्डकी–५ का सञ्जु भुजेल र सञ्जिव राईलाई अर्को समूहका शुक्लगण्डकी–४ दुलेगौडाका मिलन पौडेल लगायतले आक्रमण गरेका थिए ।

फोटो : विकास खनाल
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन