अघिल्लो दिन जहाजको फ्लाइट रद्ध हुँदा सञ्जय भोलिपल्ट …

अघिल्लो दिन जहाजको फ्लाइट रद्ध हुँदा सञ्जय भोलिपल्ट …

Sanjany

पोखरा / पोखरा ६ जरेबरका सञ्जय पौडेल एमबीबीएसको अध्ययन सकेर नेपाल फर्कने क्रममा थिए । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना हुँदा उनी र उनका आफ्न्तका सपनाहरु पनि टुटे । सानै देखि साथी भाई र घरवरपर छरछिमेकी संग घुलमिल हुने स्वभावका सञ्जयको मृत्युले अहिले गाउँ नै शोकमा परेको छ ।

एमबीबीएसको अध्ययन सकेर लामो बिदामा दाजु घर आउने भएपछि सञ्जयकी बहिनी अञ्जली पोखराबाट दाईलाई स्वागत गर्न काठमाण्डौको त्रिभुवन विमानस्थलमा पुगेकी थिइन् । यसै गरि भाई अध्ययन सकेर नेपाल फर्कने भएपछि जापानमा रहेका सञ्जकी दिदी सजनी र भिनाजु पनि नेपाल फर्कदै थिए । उनीसगँ काठमाडौबाट पोखरा आउने कार्यक्रम रहेको थियो । आमा अन्नपूर्णलाई अहिलेसम्म छोराको मृत्युको बारेमा घर परिवार र आफन्तले जानकारी दिएका छैनन् । काठमाडौ पुगेका बाबुको मंगलबार मात्रै होस्मा आएको परिवारका सदस्यले बताए ।

‘एक दिन अघि भाई नेपाल आउने टिकट थियो, अघिल्लो दिनको टिकट रद्ध भए पछि भोली पल्ट आएका हुन् ।’ यस्तो घटना भयो सञ्जयका ठुली आमाका छोरा सुकदेव बरालले सुनाए । ‘भाई सँग अन्तिम पटक नयाँ बर्षमा शुभकामना दिएको थिए । उसले एमबीबीएसको पढाई चलेको र तीन महिना पछि नेपाल आउने भनेपछि डिष्टब नगरौ भनेर सम्पर्क गरेका थिइन । अहिले यस्तो दुःखद समाचार सुन्दा पत्याउनै सकीरहेको छैन’ उनले भने ।

बंगलादेशबाट आएको दाजु चढेको विमान दुर्घटनामा परेको थाहापाएपछि अहिले सञ्जयकी बहिनी र दिदी मात्र होइन गाउँ नै शोकमा छ । कास्कीको माछापुच्र्छे गाउँपालिका ६ धिताल घर भई पोखराको जरेवरमा बस्दै आएका दामोदर पौडेलका सञ्जय एक्ला छोरा हुन् । उनका दुई छोरी पनि छन् ।

पोखराको मदरल्याण्ड माविबाट एसएलसी पास गरेका सञ्जलयले सगरमाथा माविमा बिज्ञान बिषयमा २०११ मा प्लसटु पास गरेका थिए । सञ्जय अध्ययनमा सानौ देखि मेधावी रहेको मदरल्याण्ड माविका प्राचार्य त्रिभुवन बरालले बताए । उनले एसएलसी र प्रमाणपत्र तह डिष्टिन्सन ल्याएका थिए ।

उनि सँगै एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएका १० जना नेपाली बिद्यार्थीको पनि मृत्यु भएको छ । मृतक बिद्यार्थीहरु राजीव रबेया मेडिकल कलेज सिलहटका बिद्यार्थी हुन् । एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर रिजल्ट आउनु अघि १३ जना बिद्यार्थी दुई महिनाको घर विदामा नेपाल आएका थिए । दुर्घटनामा मृत्यु ५१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ