पोखरा / पोखरा ६ जरेबरका सञ्जय पौडेल एमबीबीएसको अध्ययन सकेर नेपाल फर्कने क्रममा थिए । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना हुँदा उनी र उनका आफ्न्तका सपनाहरु पनि टुटे । सानै देखि साथी भाई र घरवरपर छरछिमेकी संग घुलमिल हुने स्वभावका सञ्जयको मृत्युले अहिले गाउँ नै शोकमा परेको छ ।
एमबीबीएसको अध्ययन सकेर लामो बिदामा दाजु घर आउने भएपछि सञ्जयकी बहिनी अञ्जली पोखराबाट दाईलाई स्वागत गर्न काठमाण्डौको त्रिभुवन विमानस्थलमा पुगेकी थिइन् । यसै गरि भाई अध्ययन सकेर नेपाल फर्कने भएपछि जापानमा रहेका सञ्जकी दिदी सजनी र भिनाजु पनि नेपाल फर्कदै थिए । उनीसगँ काठमाडौबाट पोखरा आउने कार्यक्रम रहेको थियो । आमा अन्नपूर्णलाई अहिलेसम्म छोराको मृत्युको बारेमा घर परिवार र आफन्तले जानकारी दिएका छैनन् । काठमाडौ पुगेका बाबुको मंगलबार मात्रै होस्मा आएको परिवारका सदस्यले बताए ।
‘एक दिन अघि भाई नेपाल आउने टिकट थियो, अघिल्लो दिनको टिकट रद्ध भए पछि भोली पल्ट आएका हुन् ।’ यस्तो घटना भयो सञ्जयका ठुली आमाका छोरा सुकदेव बरालले सुनाए । ‘भाई सँग अन्तिम पटक नयाँ बर्षमा शुभकामना दिएको थिए । उसले एमबीबीएसको पढाई चलेको र तीन महिना पछि नेपाल आउने भनेपछि डिष्टब नगरौ भनेर सम्पर्क गरेका थिइन । अहिले यस्तो दुःखद समाचार सुन्दा पत्याउनै सकीरहेको छैन’ उनले भने ।

बंगलादेशबाट आएको दाजु चढेको विमान दुर्घटनामा परेको थाहापाएपछि अहिले सञ्जयकी बहिनी र दिदी मात्र होइन गाउँ नै शोकमा छ । कास्कीको माछापुच्र्छे गाउँपालिका ६ धिताल घर भई पोखराको जरेवरमा बस्दै आएका दामोदर पौडेलका सञ्जय एक्ला छोरा हुन् । उनका दुई छोरी पनि छन् ।
पोखराको मदरल्याण्ड माविबाट एसएलसी पास गरेका सञ्जलयले सगरमाथा माविमा बिज्ञान बिषयमा २०११ मा प्लसटु पास गरेका थिए । सञ्जय अध्ययनमा सानौ देखि मेधावी रहेको मदरल्याण्ड माविका प्राचार्य त्रिभुवन बरालले बताए । उनले एसएलसी र प्रमाणपत्र तह डिष्टिन्सन ल्याएका थिए ।
उनि सँगै एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएका १० जना नेपाली बिद्यार्थीको पनि मृत्यु भएको छ । मृतक बिद्यार्थीहरु राजीव रबेया मेडिकल कलेज सिलहटका बिद्यार्थी हुन् । एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर रिजल्ट आउनु अघि १३ जना बिद्यार्थी दुई महिनाको घर विदामा नेपाल आएका थिए । दुर्घटनामा मृत्यु ५१ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो