पोखरा, ३० फागुन । पोखराको बीच भाग भएर बहने फिर्के खोलाको सिमाना छुट्याउन रेखाङ्कन कार्य शुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाले वडा नम्बर १८ सराङ्कोटको फेदी अँधेरीकुनाबाट शुरु भई प्रस्याङ, मालेपाटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्के खोलाको सिमाना नापेर छुट्याउँदै रेखाङ्कन गर्ने कार्य बुधबार बिहानबाट शुरु भएको हो ।
महानगरको मापदण्ड मिचेर निर्माण गरिएका भवन तथा संरचना हटाउन रेखाङ्कन थालिएको महानगरले जनाएको छ । खोला संरक्षण तथा फुटट्रयाक बनाउने उद्देश्यका साथ महानगरपालिका यसरी अघि बढेको हो । फिर्के खोला किनारमा ५ मिटरको मापदण्ड तोकेर कुनैपनि संरचना बनाउन निषेध गरिएको छ ।
एक हप्ताभित्र सक्ने लक्ष्य राखेर फिर्के खोलाको रेखाङ्कन शुरु गरिएको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । फेवातालमा मिसिने फिर्केको अन्तिम विन्दुबाट रेखाङ्कन शुरु गरिएको र यो फिर्केको मुहान सराङ्कोटको फेदीसम्मै गरिने उनले बताए ।
महानगर प्रमुख जिसीले फिर्केको जमिन नमिच्नेलाई धन्यवादसहित बधाइ र नमिच्नेलाई बिदाइ गरिने चेतावनी दिए । फिर्केको कहाँ ? कसले ? र कति ? जमिन मिचेको पत्ता लगाएर रेखाङ्कन गर्ने भन्दै उनले भने, ‘फिर्के खोलाको क्षेत्रफल कति हो ? त्यसमा लागू गरिएको ५ मिटरको मापदण्ड पालना छ कि छैन ? मिचेको हो भने कसले कति मिचेको हो ? भन्ने पत्ता लगाएर नमिचेकालाई धन्यवादसहित बधाइ र मिचेकालाई विदाइ गरिन्छ ।’
महानगर प्रमुख जिसीले रेखाङ्कन सकिएलगत्तै अल्टिमेटमसहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिने र त्यसपछि पनि नहटाए महानगरपालिका आफैले डोजर लगाउने बताए । त्यसरी डोजर लगाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिलाई नै तिराउने उनले बताए ।
पहिलो चरणमा फिर्केको रेखाङ्कन सक्ने र त्यसपछि सेती नदीको पनि सिमाना रेखाङ्कन र अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाइने प्रमुख जिसीले जानकारी दिए ।

यस्तै, पोखराको बिच भएर बग्ने अर्को बुलौदी खोलाको पनि रेखाङ्कन गर्ने पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ । फिर्के र बुलौदी खोला अहिले ४ देखि ३४ मिटर सम्म फराकिलो रहेका छन् । खोलाको किनारबाट दुबै तर्फ ५-५ मिटर मापदण्ड लाग्न महानगरपालिकाले जनाएको छ । यी खोलामाथि कतिपय स्थानमा अतिक्रमण गरेर घर, समाज भवन, लायन्स क्लब, विद्यालय समेत बनेका छन् ।
जनप्रतिनिधि पाएपछि महानगरपालिकाले केहि पनि गरेन भनिरहँदा अहिले महानगर अघि बढ्दा सबै नागरिकको सकारात्मक सहयोगको अपेक्षा उसले गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन