पाेखरा, १ चैत । पोखराको एक होटलमा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।
लेकसाइडस्थित हृवाइट पल होटलमा युक्रेनी नागरिक २८ वर्षीय एन्टोन कुजानेठोप मृत भेटिएका कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।
तीन दिन अघिदेखि हृवाइट पलमा बस्दै आएका उनी होटलको ध्यान गर्ने ठाउँ बालकोनीमा लडेको अवस्थामा मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नवीन कार्कीले जानकारी दिए । उनका अनुसार एन्टोनको शरीरमा बाहिरबाट कुनै पनि चोटपटक देखिएको छैन ।
एन्टोन मृत अवस्थामा भेटिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुचुल्का तयार गरेर शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेको छ ।
यसैबीच, ह्वाइट पल होटलका डाइरेक्टर शंकर टण्डनले एन्टोनका साथीले बिहानै गुहारेपछि डाक्टर बोलाएको र हस्पिटलतर्फ लगेको जनाएका छन् ।
gandaknews.com मा समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका टण्डनले भने – ‘उनका साथीले डाक्टर बोलाउन भनेपछि डाक्टर बोलाईयो । सिरियस छ भनेपछि हस्पिटलमा ट्याक्सीमा हालेर लगियो । डाक्टरले मृत भईसकेको जनायो । ९ः५७ मा मृत्यु भईसकेको जनाएको हो । साथी अहिले काठमाण्डौ गइसकेका छन् । आमालाई खबर गरिसकिएको छ । उनीहरु ९ जना थिए ।’
सम्बन्धित खबर
गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित