पोखरा, १ चैत । पोखराको लेकसाइड क्षेत्र अर्को हप्ताबाट सवारी निशेधित क्षेत्र (नो भेहिकल जोन) बन्ने भएको छ ।
वडा प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र लेकसाइडको पहलमा विहीबार भएको सर्वदलीय/सर्वपक्षीय भेलाले लेकसाइडको हल्लनचोकदेखि बाराही चोकसम्मको क्षेत्रलाई नो भेहिकल जोन बनाउने निर्णय गरेको हो । शुक्रबार र शनिबार अपराहृन ५ बजेदेखि राति ११ बजेसम्म ‘नो भेहिकल जोन’ बनाउने निर्णय गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नविन कार्कीले जानकारी दिए ।
५ वर्ष पहिले पनि लेकसाइडलाई नो भेहिकल जोन बनाइएको थियो । त्यतिबेला बुलौंदी उकालोदेखि हल्लनचोक, बराहीचोक, आम्बोट हुँदै बैदाम प्रहरी कार्यालय नजिकको ओरालोसम्मको क्षेत्राई नो भेहिकल जोन बनाइएको थियो । तर, उक्त निर्णय ६ महिना पनि टिकेन ।
अहिले भने हल्लनचोकदेखि बाराहीचोकसम्मको करीब एक किलोमिटर क्षेत्रमा नो भेहिकल जोन बनाउने निर्णय भएको छ । निर्णय कार्यान्वयन गरेरै छाड्ने सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीले बताए ।

पर्यटन प्रवर्द्धनसहित लेकसाइड आएका पर्यटकलाई शान्तसँग बस्नसक्ने वातावरण निर्माणका लागि नो भेहिकल जोन बनाउनुपर्ने उनीहरुको भनाइ छ ।
नो भेहिकल जोन बनाउने अभियान फेरी असफल नहोस् भनेर पार्किङ ब्यबस्थापन चुस्त बनाउने प्रयास भइरहेको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिकृष्ण पहारीले जानकारी दिए ।
उनका अनुसार नो भेहिकल जोन लागू भएको दिन हल्लनचोक नजिक क्याम्पिङचौरमा पार्किङ गर्ने ब्यबस्था गरिएको छ भने बाराहीचोक क्षेत्रमा बाराही मन्दिर प्रवेश द्वारदेखि फेवाताल किनारसम्मै पार्किङ क्षेत्र तोकिएको छ । उक्त दिन हल्लनचोक पुगेका सवारीसाधन त्यहिंबाट पुनः फर्काउनको लागि डाइभर्सनको व्यवस्था गरिने र बाराही चोक क्षेत्रमा नजिकको पिपलबोटमा रोकेर पुनः र्फकने गरी व्यवस्था मिलाइएको सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष पराजुलीले बताए ।
सवारी चापका कारण पर्यटकले हैरानी खेप्नुपरेको, सवारी साधनको हर्नका कारण ध्वनी प्रदुषणले पर्यटक दिक्क भएकाले त्यसको उन्मुक्तीका लागि लेकसाईडकलाई शान्त बनाउन नो भेहिकल जोन लागू गर्ने तयारी गरिएको पराजुलीले बताए ।
सम्बन्धित खबर
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
चलचित्र पत्रकार संघ कास्कीमा सन्तोषको नेतृत्वमा नयाँ कमिटी
प्रतिभामा एचएमका विद्यार्थीको कला र सीप प्रदर्शन
कालिका क्याम्पसमा केसी परिवारद्वारा ३ करोड बढी लगानीमा पुस्तकालय भवन
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति