पोखरा, ६ चैत्र / प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सुक्खा जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाइने बताएका छन् ।
प्रदेश र नेपाल सरकारअन्तर्गतका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमद्वारा पोखरामा सोमबार आयोजित ‘संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप)’ विषयको अन्तक्र्रियामा उनले यस्तो बताएका हुन् ।
गाउँ तथा शहरका खेतीयोग्य जमीन बाँझो राख्न नपाउने नियम लागू गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताए । पछिल्ला समयमा भइरहेका खेतीयोग्य जमिनका खण्डीकरण रोक्न आफूले ऐन, नियम र नीति तयार पार्ने उनले बताए ।
कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव ईश्वरप्रसाद रिमालले यसअघि धान, मकै र गहुँलाई मात्र खाद्य सुरक्षामा राखिए पनि हाल मकै प्रयास भइरहेको उल्लेख गरे ।
प्रदेश नं ४ का कृषि सचिव शरदचन्द्र श्रेष्ठले प्रदेशका सम्भावनालाई दृष्टिगत गरी दीर्घकालीन सोचका साथ कृषि विकासका योजना अघि बढाइने बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा बुद्धिसागर पौडेलले खाद्य सुरक्षामा प्रदेश नं ४ अब्बल रहेको बताए ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ