पोखरा, ६ चैत्र / प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सुक्खा जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाइने बताएका छन् ।
प्रदेश र नेपाल सरकारअन्तर्गतका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमद्वारा पोखरामा सोमबार आयोजित ‘संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप)’ विषयको अन्तक्र्रियामा उनले यस्तो बताएका हुन् ।
गाउँ तथा शहरका खेतीयोग्य जमीन बाँझो राख्न नपाउने नियम लागू गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताए । पछिल्ला समयमा भइरहेका खेतीयोग्य जमिनका खण्डीकरण रोक्न आफूले ऐन, नियम र नीति तयार पार्ने उनले बताए ।
कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव ईश्वरप्रसाद रिमालले यसअघि धान, मकै र गहुँलाई मात्र खाद्य सुरक्षामा राखिए पनि हाल मकै प्रयास भइरहेको उल्लेख गरे ।
प्रदेश नं ४ का कृषि सचिव शरदचन्द्र श्रेष्ठले प्रदेशका सम्भावनालाई दृष्टिगत गरी दीर्घकालीन सोचका साथ कृषि विकासका योजना अघि बढाइने बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा बुद्धिसागर पौडेलले खाद्य सुरक्षामा प्रदेश नं ४ अब्बल रहेको बताए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन