गण्डक न्युज, पोखरा ८ चैत । प्रदेश नं. ४ केन्द्रित पोखराबाट सञ्चालित ‘गण्डक न्युज डटकम’ का प्रधान सम्पादक रञ्जन अधिकारीसँगै पोखराका अर्का युवा पत्रकार रुद्र श्रीष मगर पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४ र २०७३’ बाट पत्रकारद्वय पुरस्कृत हुन लागेका हुन् ।
दुवै वर्षको पुरस्कार एकैपटक अर्पण गर्न लागिएको हो । महासंघको बिहीबार बसेको बैठक श्रीस र अधिकारीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । चैत १६ गते शनिबार एक कार्यक्रमका बीच उनीहरुलाई पुरस्कृत गरिनेछ । प्रतिभा छनोट समितिले उनीहरुलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । सिग्देलको स्मृतिमा परिवारजनले पुरस्कार स्थापना गरेका हुन् ।

युवा पत्रकारद्वय रुद्र श्रीष मगर र रञ्जन अधिकारी
सम्पादक अधिकारी आदर्श समाज राष्ट्रिय दैनिक, बिग एफएममा कार्यरत छन् । बिगत ९ वर्षदेखि पत्रकारितामा क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य समेत हुन् । खेलकुद पत्रकार मञ्च कास्कीका सचिव अधिकारी धादिङ पत्रकार समाज पोखराका अध्यक्षसमेत हुन् ।
२०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी निरन्तर रेडियो पत्रकारितामा सक्रिय छन् । छापा माध्यममा कास्की आवाजबाट अनुभव बटुलेका अधिकारी अनलाईनमा समेत गोलनेपाल डटकम, खेलदैनिक डटकम र एभिन्युज टेलिभिजनमा जोडिएका छन् । गण्डक न्युज सञ्चालन गरेको गण्डक नेपाल मिडिया प्रालिको मनोरञ्जनात्मक अनलाइन पोर्टल ‘मज्जाकोन्युज डटकम’ का समेत उनी सम्पादक हुन् ।
पत्रकार अधिकारीको यो दोस्रो पुरस्कार हो । ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित अधिकारी सबै क्षेत्रमा कलम चलाउँदै आएका छन् ।
यस्तै, पत्रकार श्रीस कास्की आवाज राष्ट्रिय दैनिक र फेवा टेलिभिजनमा आबद्ध छन् । उनी बिगत ११ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । नेपाल मगर पत्रकार महासंघका उपमहासचिव, नेपाल आदिबासी जनजाति पत्रकार महासंंघका केन्द्रीय पार्सद श्रीस नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य पनि हुन् ।
प्रतिभा छनोट समितिमा पुण्य पौडेल, घनश्याम पाण्डे, दुर्गा अधिकारी, महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना रहेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह