पोखरा, ९ चैत । रोजगारीका लागि कोरिया जानेहरुका लागि रोजगार अनुमति प्रणाली (ईपिएस टपिक) परीक्षाको आवेदन खुलेको छ ।
वैदेशिक रोजगार विभागको ईपीएस टपिक कोरिया शाखाका अनुसार इच्छुकहरुले चैत १७ गतेसम्म आवेदन भर्न सक्ने जनाएको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन पाउनेछन् ।
ईपीएस टपिक नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने भएपनि बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै छ । भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ ।

इटहरीमा लागेको कोरिया जान चाहने युवतीको लाइन
आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ । आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गर्न सकिनेछ ।
यसपटक ७ हजार एकसय जना उत्तीर्ण गर्ने तयारी छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३ सय कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । पोखरामा मात्रै ९ हजारभन्दा बढीले कोरिया भाषा पढिरहेका छन् ।
स्याङजा, पर्वत, गोरखा, बागलुङ, म्याग्दी, तनहुँ, लमजुङ लगायतका जिल्लाका परीक्षार्थीले पनि पोखराबाट नै आवेदन दिनेछन् । यो क्षेत्रमा मात्रै झण्डै १५ हजार परीक्षार्थी छन् । पोखरामा फाराम भर्न नपाएकाहरु काठमाण्डौं जानुपर्नेछ ।

काठमाण्डौमा राति यसरी कुर्दैछन् युवा । तस्विर: नारायण महर्जन
गत वर्षको समाचार
निलो अक्षर क्लिक गर्नुहोस् >

.

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह