गण्डक न्युज पोखरा, ९ चैत / पोखराको लेकसाइड क्षेत्रमा अबदेखि शुक्रबार र शनिबार साँझ पछि सवारी चलाउन नपाईने भएको छ । सो क्षेत्रमा सवारी साधन निषेधित (नो भेइकल जोन) शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार र शनिबार साझ ५ बजेदेखि राति १ बजेसम्म सो क्षेत्रमा सवारी चलाउन पाईने छैन ।
पोखरा लेखनाथ महानगरपालिका, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र लेकसाइड लगायतको पहलमा लोकसाइडको बाराही चोकदेखि हल्लनचोक सवारी साधन निषेध क्षेत्र घोषणा गरिएको हो । प्रदेश सांसद राजिव पहारीसंगै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले नो भेईकल जोन कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
प्रदेश सांसद पहारीले लेकसाइडलाई सवारी साधन क्षेत्र बनाउन व्यवसायीहरुले सहयोग गर्नुपर्ने बताए । यसले लेकसाइडका व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा फाईदा हुने बताए । ‘सवारी साधन निषेध क्षेत्र पर्यटन संग जोडिएको कारण पोखरा फोवाताल जोगाउन नसके पर्यटन व्यवसायी धराशायीमा पर्नेछन् । – उनले भने –‘फेवाताल संरक्षणको लागि जनताहरुबाटै कोष स्थापना गर्नुपर्ने छ । फेवातालबाट राज्यले जति आम्दानी गर्न सफल भएको छ, त्यसको कम्तिामा पनि ५० प्रतिशत रकम फेवाताल संरक्षण र पर्यटन पुर्वाधारमा विकास गर्नु पर्छ । ”

फेवाताल संरक्षणमा सरकारले कम्तिमा पनि २५ करोड बजेट विनियोजना गरी समयमै प्राकृतिक र मानव अतिक्रमणबाट बचाउनु पर्ने उनको जोड थियो । उनले फेवाताल जोगाउनको लागि स्थानीय सरकार प्रदेश सरकार, केन्द्रीय सरकार मिलेर अगाडी बढनुपर्ने बताए । उनले फेवातालमा, प्रदुषण, अतिक्रमण भएको बताए । उनले फेवाताल संरक्षणको लागि विभिन्न उपसमितिहरु बनाएर अगाडि बढनुपर्ने बताए ।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सवारी साधन निषेध गर्न योजनालाई महानगपालिकाले सकरात्मक भूमिका खेल्ने बताए । उनले सवारी निषेध योजनालाई टिकाउनुपर्ने भन्दै निषेध क्षेत्रमा पार्किङ गर्नको लागि स्थानको व्यवस्था गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले सवारी निषेध क्षेत्रले पर्यटन संगै आर्थिक क्षेत्रमा पनि राम्रो हुने बताए । लेकसाइडलाई हरेक दिनसवारी निषेध क्षेत्र बनाउन पनि आफूहरु सहयोगी हुने उनको भनाई छ ।
पहिलो चरणमा हल्लनचोकदेखि बाराहीचोकसम्मको एक किलोमिटर र पछि सहिद चोकसम्मै र अरु बार पनि नो भइकल बनाउने विषयमा समीक्षा गरेर अगाडि बढ्ने योजना रहेको छ । शुक्रबार लेकसाइडको बाराही चोक देखि हल्लनचोक सम्म जनप्रतिनिधी, प्रहरी, स्थानीय आमा समूहले बाजा गाजा सहित र्याली समेत निकालेका थिए ।
सांसद राजिव पहारीले दिए दुई महिनाको तलब ८० हजार फेवाताललाई
सांसद पहारीले आफ्नो दुई महिनाको तलब ८० हजार रुपैंया हस्तान्तरण समेत गरे । उक्त रकम बराबरको चेक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष एंव नो भईकल जोनका कार्यक्रम संयोजक जगत बहादुर पहारीलाई उनले हस्तान्तरण गरेका हुन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो