गण्डक न्युज पोखरा, १० चैत / पोखरामा शुक्रबार दिउँसो एउटा घटना भाइरल बन्यो । फेवाताल नजिकै बाराहीघाटमा पार्किङमा राखिएको एक कार भित्र एक पुरुष अचेत अवस्थामा त्यहाँ रहेकाले देखे । नागरिक अभियन्ता रामबहादुर पौडेलले पनि दिउँसो मध्यान्ह पछि एक स्टाटस सचित्र पोस्ट गरे ।
पौडेलले लेखे ‘पोखराको फेवातालस्थित बाराहीघाटमा पार्किङ गरेको बा१६च ३३४१ नं।को डटसन कारमा रहेका पहिचान नखुलेका व्यक्ति उच्च रक्तचापका कारण बेहोस अवस्थामा भेटिएपछि मेट्रो सिटी अस्पतालमा भर्ना भएको प्रहरीले जानकारी दिएको छ । कृपया आफन्तजनलाई सम्पर्कका लागि वडा प्रहरी कार्यालय बैदाममा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ०६१(५२००३३ । परिचय खुल्ने कागजात लगायतका अनुसन्धानका कार्य नेपाल प्रहरीको भएकोले हामीले आफन्तजन र साथीभाइलाई सजिलो होस् भन्ने उद्देश्यले सूचना प्रवाह गरेका हौं ।’
दुई घण्टा नपुग्दै एक सय बढीले शेयर गरे । पोखरेली फेसबुक प्रयोगकर्तामाझ भाइरल बन्यो । तर, ति पुरुष कुनै उच्च रक्तचापका कारण कारमा ढलेको नभई मापसे गरेका कारण कारमै सुतेको खुल्न आएको छ ।
प्रहरीले मेट्रो सिटी हस्पिटलमा उपचारका लागि ल्याएकोमा डाक्टरले मापसे गरेको भनेको जिल्ला प्रहरी कार्यालय कन्ट्रोलले जानकारी दिएको छ । प्रहरीका अनुसार ति पुरुष साथीहरुसहित पोखरा घुम्न आएका थिए । साथीहरु फेवाताल डुंगा चढ्न गए भने उनी नशामा रहेका कारण कारमै सुते । सामान्य घटना भएको र मापसे गरेर कार चलाएको नभेटिएकाले उनको परिचय खुलाईएको छैन ।
पोखरा घुम्न आएका पाहुना कारमै अचेत भएपछि पोखरेलीले फेसबुकमै भएपनि दया प्रकट गर्दै पोस्ट भाइरल बनाईरहेका छन् ।

सम्बन्धित खबर
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई जरिवाना
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम