स्याङ्जा — आँधीखोला गाउँपालिकाकी एक ११ वर्षीया बालिका आफ्नै काकाबाट बलात्कृत भईन् । गत फागुन ४ गते काकाद्वारा बलात्कृत बनेकी बालिकालाई कास्कीस्थित बाल सेवा केन्द्रमा राखेर उपचार र मानसिक रुपमा सबल बनाउने काम भएको छ ।
बालिकालाई उपचारको लागि पोखरा ल्याईएको थियो । एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ती बालिकामाथि पटक पटक जबर्जस्ती भएको परीक्षण रिपोर्टले देखाएको चिकित्सकलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ।
केन्द्रीय बाल कल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेले बालिकाको घटना फागुन ९ गते मात्र बाहिर आएको र कास्की प्रहरीमा जानकारी गराएको बताए। कास्की प्रहरीले उक्त जाहेरी स्याङ्जा प्रहरीमा रिफर गरेको थियो । तत्काल बालिकालाई घरमा पठाउँदा असुरक्षित हुने भएकोले बालिकालाई संस्थाको संरक्षणमा पठाइएको वाग्लेले बताए।
राष्ट्रिय मानव अधिकार आयोग र बाल कल्याण समितिले उक्त घटना अध्ययन गरेका थिए। तर, अनुसन्धानमा पीडितका आफन्तले सहयोग नगरेको जिल्ला प्रहरी कार्यालयले जनायो। घटना स्याङ्जामा दर्ता भएको हो। आयोगका अनुसार बलात्कृत बालिकाको कपडा नधुन र तत्काल बालिकालाई नै ननुहाइदिन अनुरोध गरे तापनि पीडितकी आमाले अटेर गरिन् । पीडक पनि फागुन ४ गतेदेखि नै फरार भए ।
यस्तै, भीरकोट नगरपालिका–६ स्थित भिरकोट भिल्ला होटलमा गत फागुन २९ गते ३ जना बालिका बलात्कृत भए । भीरकोट निवासी १४ वर्षीया २ जना र १५ वर्षीया १ बालिका बलात्कारको सिकार बनेका हुन्। उनीहरुलाई तीन युवकले होटलमा कोठामा लगेर बलात्कार गरेका थिए ।
बालिकाहरु युवकहरुका प्रलोभनमा परेका थिए । वडा प्रहरी कार्यालय वालिङले ३ जना अभियुक्तलाई पक्राउ गरी जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढिसकेको छ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु