जोमसोम-कोरला जोड्ने मोटरेपुलको सांसदहरुद्वारा निरीक्षण

जोमसोम-कोरला जोड्ने मोटरेपुलको सांसदहरुद्वारा निरीक्षण

must

सुन्दर कुमार थकाली, मुस्ताङ ११ चैत्र । कालिगण्डकी करिडोर अन्तर्गतको बहुचर्चित जोमसोम-कोरला सडक जोड्ने छुसाङ-चैले मोटरेबल पुल र पान्डाखोला मोटरेबल पुलको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन सहित प्रदेससभा सदस्यहरुले शनिवार स्थलगत निरीक्षण गरेका छन् ।

जिल्लाको पूर्वाधार बिकासमा भएगरेका प्रगति बुझ्न गृहजिल्ला आएका उनीहरुले अलपत्र रहेका अन्य मोटरेबल पुलहरुको समेत अवलोकन गरेका हुन् । सो अवसरमा उनीहरुले रोकिएका पुलको यथाशिघ्र काम संञ्चालन गर्न पहल थालेका हुन् ।

छुसाङ-चैले मोटरेबलपुल

ग्रामिण पुननिर्माण तथा पुनस्थापना आयोजना डोलीडारको ४ करोड ७३ लाख आर्थिक लागतमा २०७१ साल आषाढ महिना ११ गते लुम्बिनी बिल्डर्स कम्पनीले मोटरेबलपुल निर्माणकार्य अघि बढाएको भएपनि अझै निर्माणकार्य सुचारु हुन सकेको छैन ।

निर्माणकार्य १ बित्दा छुसाङका स्थानीयले पुलका कारण पश्चिमतर्फको छुसाङ बस्ती जोखिममा परेको जनाउदै पुल निर्माणकार्यमा अवरोध पु¥याएका थिए ।स्थानीयको अवरोधपछि पुलको काम ४ वर्षपछि धकेलिएकाले निर्माणकार्य अन्योलमा परेको हो ।स्थानीयले पुल देखि छुसाङ बस्ती सम्म आवश्यक तटबन्ध निर्माण गरिदिन वा पुलको पूर्वतर्फ लम्बाई बृद्धि गर्न माग गरेपछि पुरै काम ठप्प भएको छ ।

सांसद तुलाचनको पहलमा छुसाङ-चैले मोटरेबल पुलको निर्माणकार्य अघि बढाउन आवश्यक भएको जनाउदै पुल संग सरोकार राख्ने सबैलाई सहमतिमा ल्याएका हुन् । शनिवार सांसद तुलाचनको रोहवरमा प्रदेस सभासद महेन्द्रबहादुर थकाली,छुसाङका स्थानीय अगुवा कुङ्गा तेन्जिङ गुरुङ, उत्तम गुरुङ र सडक डिभिजनका कार्यालय आयोजना प्रमुख नरेन्द्र सवेदी,करिडोरका ईन्जिनीयर जगत प्रजापति र ईन्जिनीयर प्रदिप निरौलाबीच पुलको बाँकी काम र आवश्यक तटबन्ध लगाउनेकार्य एकैसाथ सुचारु गर्ने सहमति भएको सांसद तुलाचनले जनाए ।

सांसद तुलाचनका अनुसार पुलको पश्चिमतर्फ २ सय ३० मिटर जलउत्पन्न प्रकोपले ग्याविन लगाउनेकार्य सम्पन्न गरेको ,पुल देखि ग्याविन लगाईको स्थानसम्म निर्माण कम्पनीले तटबन्ध निर्माण गर्ने र बस्ती देखि ग्याविन भरिएको स्थानसम्म सडक डिभिजन कार्यालयले तटबन्ध निर्माण गरिदिने सम्झौता भएको छ ।

त्यस्तै पुल निर्माणका प्राविधिक टोलीले पूर्वतर्फ लम्बाई बढाउन आवश्यक नभएको बताएको छ,भने आवश्यक परेमा हिमपाईप वा आवश्यक पूर्वाधार निर्माण गरिदिने सहमति भएको तुलाचनले बताए ।सिङ्गललेनको मोटरेबल पुललाई दुईतर्फी १ बस र एक जीप आवतजावत गर्नसक्नेगरि चौडाई बृद्धि गर्न सडक डिभिजन कार्यालय सकारात्मक भएकाले सोही अनुसार काम संञ्चालन हुने सांसद तुलाचनले उल्लेख गरे

पान्डाखोला मोटरेबलपुल चालु आर्थिक वर्षमै संम्पन्न गरिने

त्यस्तै, जोमसोम-कोरला जोड्ने अर्काे महत्वपूर्ण पान्डाखोला मोटरेबलपुल चालु आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने सहमति भएको सडक डिभिजन कार्यालयका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।उनका अनुसार सडक डिभिजन कार्यालयको करिव ३ करोड आर्थिक लागतमा ७ वर्षअघि लोकप्रिय शङ्करमान जेभी निर्माण कम्पनीले पान्डाखोला पुलको काम सुरु गरेको हो ।जसको लम्बाई १० मिटर र चौडाई ७ मिटर छ ।

ठेकेदार कम्पनीको ढिलासुस्तीले लामो समय देखि पान्डाखोला मोटरेबलपुलको काम संम्पन्न हुन ढिलाई भएको थियो ।मुस्ताङका प्रतिनिधिसभाका सदस्य प्रेमप्रसाद तुलाचन,प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली,लोकप्रिय शङ्करमान जेभी निर्माण सेवाका प्रतिनिधि खेमराज कार्की र पुलका ठेकेदार गणेश कार्कीबीच शनिवार चालु आर्थिक वर्षभित्रै पुलको संम्पूर्णकार्य सक्ने सहमति भएको प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले जानकारी दिए।

उनले पुल निर्माण भएपछि वर्षायामको समयमा पनि यातायातका साधन निर्वाध रुपमा संञ्चालन हुने जनाए ।‘पान्डाखोला मोटरेबलपुल महत्वपूर्ण छ,यसले जोमसोम-कोरला र जोमसोम-मुक्तिनाथ मन्दिरको यात्रालाई शहज तुल्याउनेछ’ुसभासद थकाली भने‘ वर्षायाम सवारी डुब्ने र खोला तर्ने समस्याको अन्त्य हँनेछ,जनप्रतिनिधि जनताका संम्वाहक भएकाले बिकास योजनालाई अघि बढाउन प्रयत्नरत रहनेछौ।’

डोल्पा जोड्ने एक्लेभट्टी ट्रप्स मोटरेबलपुलको सर्वेनै गलत

भारतिय नाकाबन्दीपछि निर्माण सुरु गरिएको डोल्पा जोड्ने एक्लेभट्टी ट्रप्स मोटरेबल पुलको सर्वे र माटो परिक्षणमा त्रुटी भएको पुल निर्माणको जिम्मा लिएका ठेकेदार सन्तोष थकालीले जनाएका छन् ।पुलको एलआरपि बिदेशी कल्सटेन्सीले सर्वे गरेको हो ।

करिव १ सय २० मिटर लाम्बाई भएको उक्त पुलको डोलीडारको १० करोड ४० लाख लागतमा ईलाइट शंङ्करमाली जेभी निर्माण कम्पनीले काम थालेको हो ।ठेकेदार थकाली अनुसार पूर्व र पश्चिम जोड्नेबीचको पिल्लर उठाउन समस्या परेको बताए ।

‘पुलको पूर्व र पश्चिमतर्फका पिल्लर जेनतेन उठायौ,बीचको सतहमा पानी भरिएकाले पिल्लर उठाउन समस्या प¥यो’उनले भने‘पुलको सर्वे पुरै गल्ति भयो,माटो परिक्षण गरिएन ।’उनले आउदो २९ तारिखमा पुनः सर्वेका लागि डोलीडारका प्रतिनिधि र प्राविधिक आएर पुनः सर्वे गर्ने तैयारी भएको उल्लेख गरे ।

त्यस्तै सो पुलको पनि मुस्ताङका जनप्रतिनिधिले शनिवार निरीक्षण गरेका छन् ।प्राविधिक त्रुटीका कारण पुल निर्माण संञ्चालन हुन नसकेको सासद तुलाचनले बताए ।उनले वारीपारी पिल्लर उठेको भएपनि पश्चिमतर्फ खोला पिल्लर उठाउन समस्या परेको स्पष्ठ पारे ।उनका अनुसार पायलिङ प्रविधिबाट पिल्लर उठाउनु पर्ने बताए ।

थासाङको पुर्व जोड्ने मोटरेबलपुलको काम सुरु हुने र स्याङखोला मोटरेबलपुल १ वर्षमा सकिने

थासाङको पूर्वतर्फका गाउँ जोड्ने पुल पुनः सुरु हुने भएको छ ।ठेकेदार र पेटे ठेकेदारबीच आपसी लेनदेनको विवाद उत्पन्न भएपछि ६ महिनाअघि पुलको पुरै काम अवरुद्ध भएको हो ।

ठेकेदारबीच विवाद हुदाँ लेनदेन मुद्धा जिल्ला अदालत जोमसोममा रिट परेको थियो ।जसका कारण छयो पुलको काम अघि बढ्न सकेको थिएन ।त्यसपुलको काम यथाशिघ्र सुरु गर्नुपर्ने जनाउदै जनप्रतिनिधि ,ठेकेदार,पेटेठेकेदार र अदालतबीच पुल निर्माण गर्न पाउँने सहमति भएको सांसद तुलाचनले जानकारी दिए ।पुलको संरचना निर्माण मात्र भएकाले ८० प्रतिशत काम बाँकी भएको उनले बताए ।

त्यस्तै अमित बिल्डर्सले निर्माणको जिम्मा लिएको स्याङ खोला मोटरेबल पुल आगामी १ वर्ष संम्पन्न हुने तुलाचनले जानकारी दिए ।उनका अनुसार सडक डिभिजन कार्यालयको १० करोड ५२ लाख लागतमा निर्माण हुन लागेको उक्त पुलको लम्बाई १ सय १५ मिटरको हुनेछ ।उनले सुरुआति संम्झौता सिङ्गललेनको भएपनि बेनी-जोमसोम राजमार्गलाई ध्यानमा राख्दै सडक डिभिजनले बजेट थपेर दुईलेनको बनाउने सहमति भएको तुलाचनको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds